शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ । सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो ।

आयोगले ८ पुसमा निकालेको सूचना अनुसार न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले अनलाइन प्रणालीबाट दरखास्त पेस गर्न सक्ने जनाएको छ । इच्छुक व्यक्तिले आयोगको अनलाइन प्रणालीमार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ ।

पालिका प्रेस
थप जानकारी