पालुङ क्याम्पसको शैक्षिक गतिविधि र शैक्षिक गुणस्तरका लागि योजनावद्ध रुपमा अघि बढाइएको पालुङ क्याम्पस प्रमुख विष्णु बहादुर विष्टले जानकारी दिए । यस भेगका विश्वविद्यालय शिक्षाप्रेमी महानुभावहरुको उच्च शिक्षाप्रतिको आकर्षण र उच्च सहयोगका कारणबाट यो क्याम्पस २१ औँ वसन्तमा प्रवेश गर्न सफल भएको उल्लेख गर्दै विष्टले क्याम्पसलाई थप गुणस्तरीय बनाउनको लागि योजनाहरु अघि सारिएको उल्लख गरे । २० वर्षमा प्राप्त गरेका सकारात्मक उपलब्धी, विचार, व्यवहार अनि मातृ संस्था त्रिभुवन विश्वविद्यालय तथा मकवानपुर बहुमुखी क्याम्पस एवम् अन्य संघसंस्थाहरुसँगको सहकार्यबाट क्याम्पसलाई गुणस्तरीइ शिक्षाको परिचय स्थापित गर्ने उनको भनाइ छ ।

संस्थाको कार्यलाई गुणात्मक र परिमाणात्मक रुपमा बढोत्तरी गर्न प्रशासन चुस्त, दुरुस्त हुने गरी कार्य गर्ने क्याम्पसको योजना छ । व्यवस्थापनको उन्नत, दीर्घकालीन एवम् तत्कालीन जीवन चिन्तनलाई व्यवहारिकरुपमा पूरा गर्न सक्षम प्रशासक तथा प्रशासन बनाउने योजनामा रहेको छ । यसका लागि प्राध्यापकलाई प्राध्यापन भार यथासम्भव कम गर्ने, प्राध्यापकलाई यथासम्भव स्तरोन्नति गर्ने, आवश्यक्ता अनुसार आंशिक प्राध्यापक थप गर्ने, छात्रवृत्ति अभियानलाई निरन्तरता दिने, समय तालिका÷क्यालेण्डर निर्माण गरी कार्यान्वयन गर्ने तथा आवश्यक प्रविधिको विस्तार र कार्यान्वयन गर्ने क्याम्पसको योजना रहेको छ ।

क्याम्पसको शैक्षिक सुधार योजनामा उत्कृष्ट शिक्षा प्रदान गर्ने जनाएको छ । यसका लागि संस्थामा पर्याप्त सुधारको खाँचो रहेको आफ्नो कमजोरी स्वीकार्दै यसलाई सुधार गर्ने योजना छ । विश्वविद्यालयले तर्जुमा गरेको विधि अनुरुप प्राध्यापन गर्ने, आवश्यकता बमोजिम अभिमुखीकरण गोष्ठीमा सहभागी गराउने, कार्यपत्र, सोधपत्र, लेखरचना तयार गर्न सहयोग पुग्ने उद्देश्यका साथ एक दिने कार्यशाला गर्ने, प्रविधिमैत्री प्राध्यापन गर्ने/गराउने प्राध्यापकहरुसंग सम्बन्धित योजनामा उल्लेख छ ।

त्यसैगरी विद्यार्थीहरु इङ्कित गर्दै समयमा भर्ना र निरन्तर पठनमा जोड दिने, आन्तरिक एवंम त्रिभुवन विश्वविद्यालयको परीक्षामा अनिवार्य सहभागी गराउने, वातावरणको सुधारका कार्यक्रममा सहभागी गराउने, जिज्ञासु र अध्ययनशील हुनुपर्ने, श्रमदान, वातावरणीय स्वच्छता, वृक्षरोपण स्वयम्सेवीजस्ता क्याम्पसका क्रियाकलापमा अनिवार्यरुपमा सरिक हुनुपर्नेलगायतको योजना बनाइएको छ । त्यसोतः कर्मचारीहरुमा प्रविधिसँग काम लिन सक्षम हुने, प्रविधिसम्बन्धी आवश्यक तालिम दिनेलगायतका योजना छ ।

अभिभावक वर्ग वा अन्य सरोकारी वर्गहरुसंग प्रविधिमैत्री समेतको गोष्ठीको आयोजना गर्ने, क्याम्पस विकासमा थप बल पु¥याउन विश्वविद्यालय अनुदान आयोग, सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, त्रि. वि. तथा अन्य सहयोगी एवम् हितैषी निकायको सुझावसमेत ग्रहण गरी अभिभावक, छिमेकी, बैंक एवम् वित्तीय संस्था एवम् अन्य आवश्यक उपसमिति बनाउने योजनामा समेटिएको छ ।

क्याम्पसमा रहेको नेपाल पब्लिक क्याम्पस संघको इकाइमार्फत् आएका प्राध्यापकहरुका जायज मागलाई यथासम्भव् सम्बोधन गर्दै संस्थामा शैक्षिक सुधार ल्याउन सदाझैं अधिकतम प्रयास गर्ने योजनामा क्याम्पस रहेको छ । स्वतन्त्र विद्यार्थी युनियनले ल्याएका विद्यार्थी हकहितका शैक्षिक उन्नयनका विविध कार्यक्रमहरुलाई उचित प्रकृतिले संचालन गरेर संस्थामा गुणात्मक सुधार ल्याउन उच्च प्रयास गरिने योजना बनाइएको छ ।

विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापलाई बढवा दिनका लागि हाजिरीजवाफ, वक्तृता, वादविवाद, गीत–कविता प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम गर्ने, शारीरिक क्रियाकलाप भलिवल, बास्केट बल, टीटी बल प्रतियोगिता, दौड, ब्याडमिन्टन खेल आदि आयोजना गर्ने, बौद्धिक प्रतियोगिता बुद्धिचाल आदि गर्ने, अनुसन्धानमुखी अवलोकन भ्रमण गर्ने योजनाहरु क्याम्पसको योजना छ । पढ्नु पर्ने वा पढेको पढाइलाई बल पु¥याएर परीक्षामा उच्च तहमा प्रश्न हल गर्न तथा उत्कृष्ट ज्ञान आर्जन गर्ने प्रकृतिको थप अतिरिक्त कक्षालाई निरन्तरता दिने, यसलाई व्यवस्थित किसिमले प्रबन्ध गरिने क्याम्पसले जनाएको छ ।

क्याम्पसलाई शैक्षिक गुणस्तरसहित आर्थिक सवलीकरणमा पनि क्याम्पसले योजना निर्माण गरिरहेको छ । क्याम्पसको मूल आर्थिक श्रोत विद्यार्थी नै भएको बताउँदै पछिल्लो समय विद्यार्थि सख्या नहुदा आर्थिक संकट वेहोर्नु परेको छ क्याम्पसको योजनामा उल्लेख छ । आगामी दिनहरुमा विविध अभिमुखीकरण सम्वन्धि कार्यक्रम, छलफल र गोष्ठीहरु आयोजना गरी उच्च शिक्षाप्रतिको चाहानालाई बढोत्तरी गरिने क्याम्पसले जनाएको छ ।

क्याम्पसको आर्थिक सुधारका लागि विद्यार्थी संख्या बढाउने, नगरपालिकासँग उच्च शैक्षिक अनुदान बढाउने, प्रदेश सरकारबाट नियमित खर्च संचालन अनुदान प्राप्त गर्ने परिस्थितिको लागि लविङ गर्ने, विश्वविद्यालय अनुदान आयोगबाट नियमित खर्च संचालन अनुदान अधिकमात्रामा पाप्त गर्ने परिस्थिति निर्माण गर्ने, अनुदान प्राप्त गर्ने विभिन्न संघसंस्था र व्यक्तिसँग पहुँच पु¥याउने, मितव्ययी किसिमले खर्च गर्ने, दानदातव्य प्राप्त गर्न उच्च पहल गर्ने, क्याम्पसको ३१ रोपनी जग्गालाई कमाउन वा लिजमा दिने योजनामा समेटिएको छ ।

यसैगरी क्याम्पसको रु. ६५ लाख रुपियाँको अक्षयकोष रकमलाई स्थानीय सरकार, व्यक्ति एवम् अन्य दातव्य संस्थासँग पहल गरेर रु. तीन करोडको बनाउन उच्च प्रयत्न गर्ने क्याम्पसको आर्थिक योजनामा उल्लेख छ । आर्थिक अभावको कारण कुनैपनि विद्यार्थी विश्व विद्यालय शिक्षा हासिल गर्नबाट बन्चित नहुन भन्ने अपेक्षाका साथ छात्रबृति वितरण कोष निमार्ण गर्न सहयोगी व्यक्ति तथा सघ संस्थासग सहयोग लिने कार्यलाई निरन्तर्ता दिईने क्याम्पसको योजना छ ।

क्याम्पसले भौतिक पक्ष भने उल्लेखनिय सुधार गरेको छ योजनामा उल्लेख छ । यसलाई अझ सुधार गर्दै लगिने, यस आर्थिक वर्षमा भौतिक सुधार अन्तर्रगत ६ कोठे भवनको दोस्रो तलाको तिनकोठा निमार्ण गर्न सकेको खण्डमा भौतिक सुधारले थप पुर्णता दिनका लागि विश्व विद्यालय अनुदान आयोगसग योजना माग गरिएको छ । चउर व्यवस्थापन तथा प्रविधिमैत्री पठन पाठनको लागि प्रोजेक्टर, ल्यापटप, कम्प्युटर आवश्यक मात्रामा जुटाउने प्रयासमा क्याम्पस लागिरहेको छ । दीर्घकालीन योजना अन्र्तगत छात्रावास बनाउने र व्यवस्थित प्राविधिक कक्षको निर्माण गर्ने क्याम्पसको योजना छ ।

पालुङ क्याम्पसले पुस्तकालयलाई थप व्यवस्थित बनाउने योजना बनाएको छ । कोर्ष परिवर्तन, अपर्याप्त रकम आदिका कारणले विद्यार्थीहरुले यथेष्टमात्रामा पाठ्य तथा सन्दर्भ पुस्तकहरु प्राप्त गर्न सकेकाको बताउँदै क्याम्पसले यसका लागि आफ्नो नाममा पुस्तक प्रदान गर्ने सहयोगी संस्था वा व्यक्तिको खोजी गर्ने, अध्ययन समाप्त गरेका विद्यार्थीबाट सन्दर्भ/पाठ्पपुस्तक प्राप्त गर्न उत्प्रेरित गर्ने, एक व्यक्ति एक पुस्तकको अभियान चलाई पुस्तक प्राप्त गर्ने जमर्को गर्ने, विभिन्न संघसंस्थासँग सम्बन्ध कायम गरी पुस्तक प्राप्त गर्न प्रयास गरिने योजनामा समेटिएको छ । क्याम्पसमा माग अनुसारको संकायहरु थप्दै जाने पनि योजनामा समेटिएको छ । यसका विषयमा सरोकारवालाहरुसंग छलफल गरी पूर्वाधार समेत खडा गर्दै जाने क्याम्पसको योजना छ ।

क्याम्पसको विधान बमोजिम गठित २२२ परिषद सदस्यहरुमध्ये लगभग ३३ जना परिषद सदस्यहरुको अवसान भएकोले नयाँ परिषद सदस्य चयन गर्ने योजना छ । परिषद सदस्यलाई प्रतिस्थापित गरी नयाँ परिषद सदस्यको चयन गर्दा अध्ययनरत विद्यार्थीका अभिभावक, उच्च शिक्षाप्रेमी दाता, यस क्याम्पसलाई औधि माया गर्ने सामाजिक अगुवा, राजनितिक व्यक्तित्व, उद्योगपति, शिक्षाविद आदीलाई प्रमुख प्राथमिकतामा राखी छनौट गर्नको लागि मुल्याङ्न समिति निर्माण गरि यस सम्बन्धि कार्य गर्ने क्याम्पसले जनाएको छ ।

प्राध्यापक एवम् कर्मचारी गरी जम्मा १७ जना जनशक्ति रहेको क्याम्पसमा प्राध्यापक ३ जना स्थायी र ११ जना आंशिक छन् भने कर्मचारी ३ जनामा २ जना स्थायी र १ जना करारमा छन् । आर्थिक हैसियतले निकै कमजोर रहेको पालुङ क्याम्पसमा प्रयाप्त विद्यार्थी सख्या नहुँदा प्राध्यापक कर्मचारीलाई तलब भत्ता समयमा प्रदान गर्न मुस्किल पर्ने गरेको क्याम्पस प्रमुख राजन मिश्रको भनाइ छ । तर संस्थाको शैक्षिक वर्ष २०८०÷८१ लाई बढी उपलब्धीमुलक बनाउनका लागि क्याम्पस योजनावद्ध रुपमा अघि बढिरहेको उनको भनाइ छ ।

वि.सं. २०५३ सालबाट उच्च शिक्षाको जग बसेको उत्तरी मकवानपुरको रुपमा परिचय बनाएको दामन–पालुङमा यसलाई फैलाउन पालुङ क्याम्पसले योजनावद्ध रुपमा शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ । ०५३ सालबाट मकवानपुर बहुमुखी क्याम्पसको विस्तारित रुपमा प्रवीणता प्रमाणपत्र तह व्यवस्थापन एवं मानविकी संकायको अध्ययन आरम्भ गरेसंगै जिल्ला सदरमुकाम बाहिर उच्च शिक्षको शुरुवात भएको थियो । यसको १२ वर्षपछि वि.सं. २०६० सालमा पालुङ क्याम्पसले स्वयत्तता प्राप्त गरेको थियो । पालुङ क्याम्पसको रुपमा शैक्षिक गतिविधि सञ्चालन भएको अवसरमा विभिन्न योजनाकासाथ क्याम्पसको गतिविधि बढिरहेको क्याम्पस प्रमुख राजन मिश्रले जानकारी दिए । २० वर्ष अघि स्थापना भएको पालुङ क्याम्पस मकवानपुरको उत्तरी क्षेत्रकै एकमात्र सामुदायिक क्याम्पस हो । उत्तरी मकवानपुर हालको थाहा नगरपालिकामा वि.स.२०१४ सालबाट विद्यालय सञ्चालन भएको अभिलेख भएपनि उत्तत्त शिक्षकाको विजारोपन निकै ढिलोगरी शुरु भएको दस्तावेजहरुबाट पाउन सकिन्छ ।

पालिका प्रेस
थप जानकारी