भनिन्छ,निदाएको बेला देखिने सपनाले ब्युझाउने काम गर्दछ यद्यपि दिउँसो देखेको सपनाले समाज रुपान्तरणको लागि योगदान पुराउछ र पुग्नु पर्छ ।सपना  तेस्तो होस जस्ले म होइन ,हामी भित्र म को परिकल्पना गरोस । भावनासङ एकाकार गरोस । सबैले सबैलाई समान दृष्टिकोणले सम्मानित तवरले हेर्ने वातावरण सिर्जना गरोस ।

यो सबैको श्रोत शिक्षा हो ।चेतना हो ।जुन शिक्षालय विद्यालयबाट  साकार हुन सक्छ ।यसैले विद्यालयसङ विद्यार्थी ,विद्यार्थीहरुसङ उनिहरुको सुन्दर भविष्य ,विद्यार्थीको भविष्यसङ उस्को परिवार ,समाज र राष्ट्रको भविष्य जोडियोस । राष्ट्रको समुन्नति जनताको सहभागितासङ जोडिन्छ ।सहभागिताको अवसर जुटाउने योजना शासकहरुसङ हुनु पर्छ ।यही योजनाको आधारमा शासकहरु कर्मचारीहरु भन्दा अब्बल मानिन्छन र वास्तविकता पनि हो ।कर्मचारीहरु शासक होइनन ।किनकी उनिहरु नीति निर्माता होइनन । कर्मचारीहरुले राय सुझाव दिन सक्छन ।तर उनीहरुसङ कर्यान्वयनकोलागी आव्श्यक पर्ने श्रोत ,साधन र जनशक्ति हुदैन ।यसैले कर्मचारीहरु बनिबनाउ नीतिको कार्यान्वयन गर्ने माध्यम मात्र हुन । तर पद्धतिको शिशु अवस्थामा हरेक अख्तियारप्राप्त ब्यक्ति ,निकाय वा उनिहरुले प्राप्त गरेको दर्जालाई उत्कृष्ट मान्छन र शासन गर्न रुचि राख्छन् ।जस्लाई अधिकान्शले आफ्नो सिमित स्वार्थ पुर्तिको लागि स्वीकार गर्छन ।जुन बिधिवतरुपमा गलत हो ।गलत पक्षको स्वीकार तबसम्म स्वीकार्य हुन्छ जबसम्म सत्यको पक्षमा वकालत गर्नेहरुको शक्ति क्षीण हुन्छ । जे होस शासन ब्यक्तिको होइन बिधिको हुनु पर्छ भन्ने स्वरहरु धिमा  गतिमा नै भएपनी क्रमश बढ्दैछ ।यो सकारात्मक पक्ष हो ।

समाज परिवर्तनको मुख्य मेरुदण्ड शिक्षा नै हो ।यो कुरा बिकासशील र बिकासोन्मुख मुलुकहरुले कुराका लागि कुरा गर्छन ।भाषण गर्छन ।चुनावका समयमा घोषणापत्रमा लिपिवद्द गर्छन । यद्यपि कार्यान्वयनको समयमा साधन ,श्रोत र सोच तथा लगनशीलताको अभावमा एक वा अर्को बहाना झिक्ने गर्छन ।फलतः टार्दै जान्छन ।

यही  शिक्षा विकासको वास्तविक कार्यान्वयन विकसित देशहरुले आफ्नो प्रमुख दायित्व एबम कर्तब्य ठान्दछन ।जापानको एक प्रधानमन्त्रीलाई पत्रकारले प्रश्न गर्दा तपाइको पहिलो प्राथमिकता के हो ? उनले भने – शिक्षा ,दोश्रो प्राथमिकता – शिक्षा ,तेश्रो – शिक्षा ।यसरी जवाफ दिनुको मर्म ,भावनाले के बताउछ भने शिक्षाको बिकास पहिलो हो र अन्तिम हो ।कारण शिक्षा चेतनाको जननी हो ।जस्बाट चेतनाको विकासमा मुल खम्बा खडा हुन पुग्छ भन्ने नै हो । यसैले त जापान आज जापान बन्न सफल भएको छ । अमेरिका कल्पनाको स्वर्ग बनेको छ ।अष्ट्रेलिया आज शिक्षाको हव बनेको छ ।बङलादेशले उच्च शिक्षासम्म गरेको निशुल्क शिक्षामा लगानी ,ब्राजिल लगायतले गरेको शिक्षाको प्राथमिकिकरण र चीनको अनुकरणीय ब्याबसायिक शिक्षा बाट भएको देशको उन्नती  उदाहरणीय छैन र ?

हामी सबैलाई जानकारी हुनुपर्छ कि कुनैपनी परिणाम कारणबाट प्राप्त हुन्छ ।आज सन्सारका विकसित ,विकासशील ,विकासोन्मुख वा अल्पविकसित सबै प्रकारका मुलुकहरुको अवस्था विश्लेषण गर्ने हो भने त्यहाँ स्पष्ट हुन्छ कि ती मुलुकहरु परिवर्तनको नीति ,विधि ,सोचको दूरदृष्टि  र कार्यान्वयनको प्रक्रिया बिगतमा  कस्तो  थियो ? वर्तमानमा कस्तो चल्दैछ ?भविष्यमा कस्तो परिकल्पना साकार पार्ने प्रतिबद्धता गरिएको छ ?

यहीँनेर फरक पाइन्छ कि बिकसित र अल्पबिकसित देशको चिन्तनमा भिन्नता ।योजना निर्माणमा गम्भीरता । कार्यान्वयनमा सरलता ।उपलब्धिमा गौरवता ।परिणामको लागि निरन्तरता ।विकसित देश र विकास चहाने मुलुकहरुको मार्गनिर्देशक सिद्धान्त बन्दछ भने प्रकृयामा काफी हदसम्म फरक पाइने  गर्छ । उदाहरणका लागि हामीले बनाउने योजना । योजना तथ्यमा आधारित हुनु पर्दछ ।तर नेपालमा लगाइने परिवर्तनका नाराहरु कथ्यमा आधारित भएको पाइन्छ ।जस्को कारण काम अहिले नै होला जस्तो देखिन्छ ।शुरु नै नभै अन्त हुने गर्दछ ।प्रसङलाई केन्द्रीकृत गर्दा नेपालमा निशुल्क तथा अनिवार्य शिक्षा २०३२ सलामा राजा बीरेन्द्रको राज्याभिषेक समारोहमा घोषणा गरियो ।अहिलेसम्म पूर्णत लागू हुन सकेको छैन ।किन यसो भयो भने वास्तविक तथ्यमा आधारित घोषणा  भएन ।केवल लोकपृयता र नामका लागि घोषणा गरियो । ठोस स्थितिको ठोस विश्लेषण हुन सकेन ।कुनैपनी काम गर्नका लागि वस्तुगत परिस्थितिको वास्तविक विश्लेषण हुनु जरुरी हुन्छ ।हाम्रो सोचाइको धरातल के हो भने हामी देखेर ,सुनेर सपना बुन्ने गर्छौ ।त्यो सपना साकार पार्न हाम्रो क्षमता कस्तो छ ?निरुपित नीतिको कार्यान्वयन गर्नकालागी जनशक्ति ,श्रोत साधन र तिनिहरुको निरन्तरताको वास्तविक स्थिती के हो ?यस्का बारेमा प्रचुर ध्यान दिदैनौ ।जुन अपरिहार्य हुन्छ ।योजना त्यहाँ सही हुन्छ ,जहाँ लगानीकर्ताको लगानी र उपभोक्ताको सन्तुष्टि बीच तालमेल हुनु पर्दछ ।

प्रसङ्गलाई स्पष्ट पार्दा हिजोको परिवेशमा जनसंख्या वृद्धि दर उच्च थियो।गाउँघरका मानिसहरुको सहरमा सर्ने क्षमता र बिदेश जाने क्षमताको बिकास भएको थिएन ।गाउँघर यातायातका साधनहरुबाट बिमुख थिए ।तेसबेला टोलटोलमा स्कुल खोल्नु सही थियो ।तात्कालीन अवस्थाको उक्त निर्णय शतप्रतिशत सही मान्न सकिन्छ ।यद्यपि आजको परिस्थिति फेरिएको छ ।गाउँगाउँमा सडक पूर्वाधार बनेको छ ।गाउँका मानिस रोजीरोटीको लागि सहर केन्दृत भएका छन ।सहर र गाउँ दुबै क्षेत्रका मानिसहरु ठूलो संख्यामा बिदेशमुखी भएका छन ।उनीहरुको सन्तान जन्माउने सोच र प्रवृतिमा परिवर्तन भएको छ ।आय आम्दानी तुलनात्मक रुपमा बदलिएको छ ।आम्दानीसङै परिवार र सन्तानप्रतिको दायित्व र जिम्मेवारीमा बदलाव आएको छ ।अत यो स्थिती र परिस्थितिलाई आन्कलन गरेर शिक्षा सुदृढीकरणको योजना निर्माण गरिनु समयको माग हो ।तर हाम्रो गति तदनुरुप छैन ।वर्तमानमा आइपुग्दा ब्यबस्था फेरिएको छ ।फेरिएको ब्यबस्थाबाट जनताको अवस्था बदल्नु वर्तमान नेतृत्वको प्रमुख दायित्व हो ।यो बाकी भएको अवस्था वास्तविकता हो ।

 किन फेरिएन अवस्था ?

हिजोको परिस्थिति र आजको अवस्था बिचको यथार्थ मुल्यांकन नगरी निष्कर्षमा पुग्न सकिँदैन ।हिजोको शासन ब्यबस्था केन्द्रीकृत थियो ।श्रोत साधन र जनशक्तिको बितरण केन्द्रबाट हुने गर्दथ्यो ।जस्ले स्थानीय समस्याको  पहिचान गर्न सक्दैन थियो ।आजको परिस्थितिमा प्राप्त बिकेन्दृकरणको हक र अधिकारले स्थानीय तहको समस्या पहिचान गर्ने ,समस्याको प्राथमिकिकरण गर्ने ,तदनुरुप नीति निर्माण गर्ने ,रकम बिनियोजन गर्ने ,आवश्यकता अनुरुप श्रोत साधन संकलन गर्ने र खर्चको प्रबन्ध गर्ने लगायतका अवसरहरु उपलब्ध गराएको छ ।जस्ले सबै क्षेत्रको समविकासको ढोका खोलिदिएको छ ।सबै क्षेत्रको विकास र परिवर्तनको महत्व छ ।यद्यपि शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएकोले तदनुरुप नै सोचाइमा बदलिनु अपरिहार्य हुदाहुदै पनि सो भएको पाइन्न ।

शिक्षामा लगानी वृद्धि नगरिनु ,दरबन्दी मिलानलाई आवश्यकता अनुसार गर्न नसक्नु यस्को ज्वलन्त उदाहरणहरु हुन भने यस्को परिणाम विद्यार्थी कम शिक्षक बढी ,विद्यार्थी बढी शिक्षक कम  भोग्नु परिरहेको छ । यतिमात्र होइन जहाँ आवश्यकता छ ,त्यहाँ योजना छैन ।जहाँ पहुच  छ ,त्यहाँ योजनाको चाङ लाग्ने गरेको यथार्थ छ ।यो पहुचको आधारमा योजना थुप्रने पद्धति निरकुश हो भने आवश्यकताको आधारमा योजना लागू हुने प्रजातान्त्रिक हो ।यो कुनै नौलो कुरा होइन कि हाम्रो देशको प्रजातान्त्रिक प्रक्रिया शिशु अवस्थामा छ ।यस्को अर्थ सोच ,शैली ,संस्कार र पद्धति सबैको उमेर पाको हुन बाकी भएको नतीजा मान्न सकिन्छ एकातिर भने अर्को तिर हाम्रो हुर्काइ बढाई र भोगाइ निरंकुशताबाट भएकोले तेस्को छाप मेटिन समय लाग्छ नै ।जसरी अहिलेपनी बोक्सी ,झाक्री तन्त्रमन्त्रको छाप हामी र हाम्रो संस्कृतिमा अमिट बनेको छ ।जब सम्म यो प्रकृया रहन्छ हामी चाहेजती गतिमा अगाडि बढ्न सक्दैनौ ।किनकी चिन्तनको पुरातनले मानिसलाई पस्चगामी बनाउछ भने आधुनिक सोचविचारले अग्रगामी बनाउछ ।हाम्रो अहिलेको कृयाशैली राम्रोलाई भन्दा हाम्रोलाई स्थान दिनुमा गौरव गर्दछौ ।चाहे त्यो सङ्घीय स्तरका नेता हुन या स्थानीय तहका ।

तर परिवर्तनका खातीर यो बैयक्तिक स्वार्थपूर्तिका लागि समय र श्रोत खर्च गरेर होइन आवश्यकतालाई आधार मानेर नै शक्तिको लगानी गर्न सक्नुपर्छ ।यसो नगरेकै नतीजा वर्तमानमा हक र अधिकार प्राप्त गरेर पनि आशान्वित परिणाम लिन नसकिएको तथ्य हाम्रो अगाडि जगजाहेर छ ।ब्यबस्था फेरिए पनि अवस्था फेर्न नसकेको महशुस सर्वत्र गरिएको छ ।यस्को अर्थ परिवर्तन शून्य हो बुझ्नु गलत हुनेछ । हुन सक्ने परिणाम किन नसकिएको चाहिँ यथार्थ नै हो ।

 वर्तमानमा उठिरहेको निशुल्क एबम अनिवार्य शिक्षाको सन्दर्भ कुनै लहडको नारा होइन । सन्सारको बदलेको परिवेशसङै सरकारको नागरिकहरुलाई उपलब्ध गराउनु पर्ने शिक्षाको हक र अधिकारलाई कार्यान्वयन गर्न सरकारले अन्तरास्ट्रिय सभा सम्मेलनमा गरिएको प्रतिबद्धता अनुरुप निर्मितसम्विधानमा शिक्षालाई मौलिक हकको रुपमा लिपिवद्द गरिनु ,नागरिकहरुको चेतना वृद्धि नभै मुलुकको विकासको कल्पना गर्न नसकिनु ,चेतना बिनाको भौतिक बिकास दीगो र भरपर्दो नहुनु लगायत थुप्रै पक्षहरुले भुमिका निर्वाह गरेका छन ।अब यस नारालाई वास्तविक रुप दिनकालागी स्थानीय ,प्रादेशिक र सङ्हीय सरकारले तपसीलका आधारभुत बुदाहरुलाइ आत्मसात गरि यबहारमै उतार्ने हो भने यी पक्षहरुमा ध्यान दिन जरुरी देखिन्छ –
१) शिक्षामा लगानी वृद्धि
२) ठुला स्कुलको अवधारणा
३)  शिक्षक विद्यार्थीको अनुपात समयसापेक्ष परिवर्तन र सिकाइ उपलब्धिलाई आधार मान्ने अनिवार्य ब्यबस्था ।
४) शिक्षालाई सरोकारीहरुको अनिवार्य दायित्वमा ग्रहण गर्नु ।
५) उत्तरदायी , जवाफदेही र सक्षम  शिक्षाकर्मीको ब्यबस्था ।
६) शिक्षा क्षेत्र राजनीति मुक्त ।
७) शिक्षालाई सीप र सीपलाई उत्पादनसङ जोड्ने नीतिको अनिवार्य कार्यान्वयन ।

 उपर्युक्त्त क्षेत्रको स्थितिको बारेमा  बृहत छलफल गर्ने ।समस्याको पहिचान गर्ने ।प्राप्त समस्याहरुको प्राथमिकिकरण गर्ने ।तदनुरुप योजना निर्माण गर्ने र निशर्त कार्यान्वयन गर्ने प्रतिबद्धता स्थानीय सरकारको अगुवाइमा गर्न सकियो भने नारालाई यथार्थमा लान सकिनेमा दुइमत हुदैन । अन्यथा वर्तमान अवस्थालाइ बदल्ने सोच राखिएन ,राम्रोलाई पाखा र हाम्रोलाई काखाको नीति परिवर्तन गरिएन ,शिक्षामा लगानी वृद्धिलाई आवश्यक ठानिएन ,ठुला र सुबिधासम्पन्न विद्यालयको अवधारणामा नै अलमलियो ,विद्यालय विलय गर्न वा स्तर घटाउन शिक्षक र समुदायको मुख ताकियो ,शिक्षक विद्यार्थीको अनुपात यकिन गरि सिकाइ उपलब्धिलाई आधार मानिएन ,अभिभावकहरुको अवस्था र विद्यार्थीहरुको रुचीलाई ध्यान दिइएन ,शिक्षालाई जीवन र जगतसङ जोड्ने नीति ल्याइएन भने यो अनिवार्य र निशुल्क शिक्षा योजनवद्द नभै हचुवाको नारामा मात्र सिमित रहने कुरालाई बहस पैरवीको कुनै आवश्यकता नहुने र  परिणाम जस्ताको तेस्तै रहने कुरामा ठोकुवा गर्न सकिन्छ ।

-लेखक कार्की जनकल्याण मावि थाहा नगरपालिका वडा नम्बर ३ का प्रधानाध्यापक हुन् । 

सानोभाइ कार्की
थप जानकारी