श्रमको सम्मान: राष्ट्रको अभियान र प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभाव श्रम, समाजको विकासको मेरुदण्ड हो। समाजको प्रगति र राष्ट्रको समृद्धिको आधार श्रमिकहरूको मेहनत र योगदानमा टेकेको हुन्छ। नेपालको वर्तमान अवस्थामा, श्रमिकहरूको सम्मान र उनीहरूको जीवनस्तर सुधार गर्न थुप्रै पहलहरू गरिएका छन्। यसै क्रममा, “श्रमको सम्मान, राष्ट्रको अभियान” भन्ने नाराका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत प्रत्येक स्थानिय तहमा सञ्चालन भई रहेको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले विशेष गरी गरिबी न्यूनीकरण, बेरोजगारी समाधान, र श्रमिकहरूको सम्मानलाई संस्थागत गर्ने उद्देश्य राखेको छ।  प्रधानमन्त्री रोजगार कार्यक्रमका मुख्य विषयवस्तु, चुनौती, अवसर, र यसले स्थानीय सरकारमा पार्ने प्रभावबारे विश्लेषण प्रस्तुत गर्ने प्रयास  गरेको छु ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्देश्य र विशेषताः

प्रधानमन्त्री रोजगार कार्यक्रमको मुख्य उद्देश्य रोजगारीको  हक लाई कार्यान्वयन गर्दै रोजगारको अवसर सिर्जना गर्दै श्रमिकहरूको आर्थिक स्थिति सुधार गर्नु हो। यसले विशेष गरी निम्नलिखित कामहरूमा जोड दिन्छः

१. न्यूनतम रोजगारको ग्यारेन्टी: प्रत्येक नागरिकलाई न्यूनतम १०० दिनको रोजगार उपलब्ध गराउने।

२. आर्थिक सशक्तीकरण: बेरोजगार व्यक्तिहरूलाई रोजगारीमा समेटेर आयस्तर सुधार गर्ने।

३. सीप विकास कार्यक्रमहरू: श्रमिकहरूको क्षमता अभिवृद्धि गर्न तालिम र प्रशिक्षण कार्यक्रमहरू सञ्चालन।

४. स्थानीय पूर्वाधार निर्माणमा श्रमशक्ति परिचालन: सडक, विद्यालय, र सिंचाइ परियोजनाहरूमा स्थानीय जनशक्तिको उपयोग।

यस सँगै  स्थानिय सरकारको भूमिका प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण छ। स्थानीय स्तरमा गरिएका पहलहरू यस कार्यक्रमको सफलताका कडी हुन्।

१. रोजगार पहिचान: स्थानीय क्षेत्रका बेरोजगार नागरिकहरूको पहिचान गरी उनीहरूको विवरण व्यवस्थित रूपमा राख्न।

२. पारदर्शिता र जवाफदेहिता: रोजगारी सिर्जना गर्ने काममा पारदर्शिता अपनाउँदै नागरिकको विश्वास बढाउने।

३. स्रोतको उपयोग: स्थानीय स्रोतसाधनहरूको अधिकतम उपयोग गर्दै रोजगार सिर्जना गर्ने।

४. सीप विकासमा सहभागिता: तालिम र क्षमता अभिवृद्धिमा समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्नु।

कार्यक्रमका सम्भावित चुनौतीहरूः

यस कार्यक्रमका केही चुनौतीहरू समाधान गर्नुपर्छः

  • पारदर्शिताको कमी: कतिपय क्षेत्रमा पारदर्शिताको अभावका कारण काम प्रभावकारी हुन सक्दैन।
  • दुरुपयोगको सम्भावना: स्रोत साधनको दुरुपयोग हुने सम्भावनाले कार्यक्रमको प्रभावकारिता कमजोर पर्न सक्छ।
  • श्रमिकहरूको अनियमितता: श्रमशक्तिको अभाव तथा प्रशिक्षित जनशक्तिको कमी।
  • स्थानीय तहमा समन्वयको अभाव: केन्द्र र स्थानीय तहबीच प्रभावकारी समन्वयको आवश्यकता।

सम्भावना र सकारात्मक प्रभाव प्रधानमन्त्री रोजगार कार्यक्रमले निम्न सकारात्मक प्रभावहरू ल्याउन सक्छः

१. गरिबी न्यूनीकरण: रोजगारीले गरिब जनताका लागि आयआर्जनको स्रोत प्रदान गर्छ।

२. स्थानीय विकास: पूर्वाधार निर्माणमा स्थानीय श्रमशक्तिको प्रयोगले विकासलाई गति दिन्छ।

३. मनोवैज्ञानिक लाभ: रोजगार प्राप्तिले नागरिकहरूमा आत्मसम्मान र आत्मविश्वास बढाउँछ।

४. समाजमा समता प्रवर्द्धन: आर्थिक असमानता घटाउँदै समानता सुनिश्चित गर्न मद्दत गर्छ।

“श्रमको सम्मान राष्ट्रको अभियान” नाराले राष्ट्र निर्माणमा श्रमिकहरूको योगदानलाई महत्व दिएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारी कार्यान्वयनले देशको आर्थिक विकासलाई गति दिन सक्नेछ। तर, यसको सफलताका लागि स्थानीय सरकार, नागरिक, र अन्य सरोकारवालाबीच समन्वय, पारदर्शिता, र जवाफदेहिता अत्यावश्यक छ। श्रमिकहरूको सम्मान र रोजगारीको सृजनाबाट मात्र नेपालले दीगो विकासको यात्रा तय गर्न सक्नेछ।

सुझावहरूः

  • स्थानीय सरकार र नागरिकको सहभागिता बढाउनु।
  • पारदर्शी अनुगमन प्रणाली विकास गर्नु।
  • नयाँ प्रविधि र उद्यमशीलतामा लगानी।
  • सीपमूलक तालिमका कार्यक्रमहरू सुदृढ पार्नु।

यदि यी सुझावहरूलाई कार्यान्वयन गर्न सकियो भने, प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभाव अझ सशक्त हुनेछ, जसले राष्ट्रको दीगो विकासलाई नयाँ उचाइमा पुर्याउनेछ।

-लेखक, पञ्चकन्या गाउँपालिका नुवाकोटका रोजगार संयोजक हुन् ।
सरोज के. सी. सरोवर
थप जानकारी