विपद्को परिचय:
भनिन्छ कुनै पनि जोखीम या विपद बाजा बजाएर आउँदैन । यो भविश्यमा हुने प्रतिकुल असर हो र यस्तो असर हुन हाम्रै कृयाकलापहरुले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । यो भौतिक संसार ढुंगा र माटोको मिश्रणबाट बनेको छ । हाम्रो सौर्य मंडलको जुनसकुै पनि ग्रह या उपग्रहहरुको अध्ययन र अवलोकन गर्दा ति सबैमा ढुंगा र माटो बाहेक केही पनि पाउन सकिन्न । चाहे सौर्य मंडल होस या यस ब्रमाण्डहको अर्को कुनै संन्सार होस । बैज्ञानीकहरुको खोज र अनुसन्धानबाट भेटिएका सबै ग्रहरुको निर्माण ढुंगा र माटोको मिश्रणबाट मात्र बनेको पाइएको छ । पृथ्वी मात्र एउटा यस्तो पिण्ड हो जहाँ माटो र ढुंगाको अलावा वायु मण्डल, जल, बनस्पति र त्यसमा आश्रित जीवीत प्राणीहरु रहि आएका छन् । मानव पृथ्वीको सर्वश्रेष्ठ प्राणी मानिदै आएको छ र मानिसकै हैकममा बाँकी जीव जीवआत्माहरु आश्रित रहदै आएका छन् । पृथ्वीको ढुंगा, माटो, जल र वायू लाई प्रयोग गरे वापत मानिसले बेला बेलामा विभिन्न खाले प्राकृति विपद्हरु खेप्नु परिरहेको छ । प्राकृति विपद् बाहेक मानिस आफैले निम्त्याउने विपद् पनि कम्ती जोखीम पूर्ण छैन । प्रकृतिले बनाएको खोलाको अतिक्रमण गर्दाको परिणाम होस या हाम्रो स्वार्थले प्रकृतिको अनाधिकृत बिनास गर्दाको परिणाम होस पृथ्वीवासिले धेरै ठुला ठुला प्राकृतिक विनासहरु भोगी सकेका छन् र भोग्ने क्रम जारी छ । वायूलाई प्रदुषण गर्दाको परिणाम स्वरुप गोलवल वारमिङले चुनौति दिई रहेको छ र त्यसको फल स्वरुप वेमौसमी वर्षा, वेमौसमी हिमपात र वेमौसमी गर्मीको चाप हामीले सहंदै आईरहेका पनि छौ । बाढि, पहिरो, आगलागी जस्ता विपद्हरु र्संन्सारको जुन सुकै ठाउँमा पनि हुने विपद् हुन भने, भुकंप, सुनामी, चटरा्याङ आदी जस्ता प्रकोपहरु प्राकृतिक प्रकोपहरु हुन । जसलाई मानव शक्तिले रोकेर रोक्न सकिदैन ।

विपद्का प्रकारहरु:
भुगोल, वातावरण र ठाउँ विषेश अनुसार विपद्को प्रकारहरु फरक फरक हुन्छन् । हिमालमा हिमपात, हिम पहिरो जस्ता प्राकृतिक विपद् हुन्छन् भने, पहाडमा बाढी र पहिरोको जोखिम बढि हुन्छ । त्यस्तैगरी तराईमा बाढी र नदी कटान, ढुवानको बढि जोखिम हुन्छ । सामुन्द्रीक देशहरुमा सुनामीको भय हुन्छ भने हाम्रो नेपालजस्तो भू परिवेस्टीत देशले भने विविध खालको विपद्हरुको सामना गर्नु परिरहेको छ । वर्षादको समयमा बाढी, पहिरो, विभिन्न रोगको महामारी खेप्नुपरि रहेको छ भने । हिउंदको समयमा सुख्खा, आगजनी जस्ता विपद्हरुले समस्या दिई रहेको पाउन सकिन्छ ।

स्थानीय तहमा विपद्को सृजना:
नेपालको संविधान २०७२ भाग ५ को धारा ५६ अनुसार प्रदेश र स्थानिय तहमा राज्यको बांडफांड भईसकेपछि विभिन्न विकासका श्रृखंलाहरु उदयमान हुन थाले । सामाजिक विकास, भौतिक, विकास र आर्थिक विकासमा अग्रसर भई रहेका स्थानीय तहरुले सर्वप्रथम भौतिक विकासलाई अगाडी बढाउने क्रममा नेपालका धेरै ढाँडा कांडाहरुमा यातायातको पहुंच पुरुयाउन सडक खन्ने कामहरु तिब्ररुपमा भएको पाईयो । २०७४ साल देखि हालसम्म कयम स्थानीय तहहरुले सडकलाई नै प्रथम प्राथमिकता दिई काम गरेको पाईयो । यस क्रममा अपत्यारिलो रुपमा सडकको पहुंच टोल, टोल र गाउँ गाउँ गाउँमा पुगेको अवस्था छ । थोरै बजेटमा धेरै काम गरी सबैको पहुच सम्म पर्याउनु पर्ने वाध्यात्मक परिस्थीतीले गर्दा यी सडकहरुले स्थायी रुप नपाउदाको परिणाम स्वरुप हिउदेबाटोको रुपमा विकास भएका यस्ता सडकहरुले अपत्यारिलो रुपमा स्थानीय ग्रामीण भेगका बस्ती र टोल टोलमा वर्षाको समयमा विपद् निम्त्याई रहेको घटना हामी सबैले भोग्दै र देख्दै आईरहेका पनि छौ । कतीपय सडकहरु पूर्व अध्ययन बिना जनताको आवाज र आवश्यकता अनुसार खनिदा प्राकृतिक खोला, नाला र खहरेहरुले आफ्नो रुप र स्थान परिवर्तन गर्ने गरेका छन् । यसरी परिवर्तित प्राकृतिक ढल र नालाको उचित व्यवस्थापन गर्न नसक्दा भारी वर्षाको समयमा गाउँबस्तीहरु जोखीममा परि बाढी र पहिरोले बगाउने गरेका विपद्का घटनाहरु पनि धेरै सुन्नमा आउने गरेको पाईन्छ । सडक खन्दा निक्लेको माटोको उचित व्यवस्थापन गर्न नसक्दा बन जंगलहरु पुरिन पुगेको पनि देखिन्छ । सडक खन्दा निक्लेको माटो, ढुंगाहरु अर्को ठाउँमा व्यवस्थापन गर्नुपर्नेमा यसो नगरी कतिपय ग्रामिण सडकहरु खन्दा त्यहाँबाट निक्लीएको माटो ढुंगा त्यसै भिरपाखोमै खसास्दा यसले अर्को जोखिमको सृजना गरिरहेको पाउन सकिन्छ । हिउंदको समयमा पाखो जमिनामा आगो लागी हुनु । तराई क्षेत्रमा सर्प डस हुन, आगो लागी हुनु, ढृबानको जोखिम हुन आदि स्थानीय तहका विपदहरु हुन । प्रकृतिलाई चलाउदा तथा विकासको लागी यसको रुप परिवर्तन गर्दा पूर्व वातावरणीय अध्ययन, पूर्व संभाव्यता अध्ययन तथा ईन्जिनियरिङ अध्ययन र नक्सांकन बिना भौतिक निर्माणका कार्यहरु गरिनु विपद्को सृजना गर्नु हो । यीनै कारणहरुले गर्दा नै स्थानिय तहहरुमा विपद्को सृजना भईरहेको पाउन सकिन्छ ।

स्थानिय तहमा विपद् व्यवस्थापनका कार्यहरु:
स्थानिय तह एक स्थानिय सरकार भएको कारणले गर्दा विपद् पूर्व तयारी र विपद् व्यवस्थापन गर्नु स्थानीय सरकारको प्रमुख दायित्व हो । यसै दायित्वलाई मध्यनजर गर्दै हरेक स्थानीय तहमा एक विपद् व्यवस्थापन समितिको गठन गरिएको हुन्छ । वडा स्तर देखि पालिका स्तर हुँदै जिल्ला र जिल्ला स्तर हुँदै प्रदेश र संघ सम्म यसको चेन अफ कमाण्ड रहेको छ । हरेक स्थानिय तहले विपद् व्यवस्थापन कार्यविधि बनाएर लागु गरेको पाईन्छ र यसै कार्यविधि अनुसार यदी कुनै प्रकारको विपद्बाट घटना हुन गएमा पिडितलाई तत्काल राहात उपलव्ध गराउने व्यवस्था स्थानीय सरकारले गरेको छ । घटनामा उद्धार कार्यको लागी स्थानिय रेडक्रस, पुलिसि प्रशासन, सामाजिक संघसंस्थाहरु र पालिका स्वयमको रेसक्यू व्यवस्थापन समुह खट्ने गरेको पाईन्छ । यदी घटनाले ठुलोरुप लिन गएमा र थप जनशक्तिको आवश्यकता पर्न गएमा जिल्ला स्थीत प्रहरी र सेनाको समेत सहयोग माग गर्न सकिने व्यवस्था कार्यविधिले गरेको पाईन्छ । यस्तो भैपरी आउने उद्धारा कार्यको लागी आर्थिक वर्षको बजेट बक्तव्यमै एक विशेष कोषको व्यवस्था गरिएको हुन्छ र त्यही कोषबाट विपद् पर्दा खर्च गर्ने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐनले समेत गरेको पाईन्छ । विपद् पूर्व तयारीको लागी आफ्नो भुगोल अनुसार वर्षिउनै कस्तो विपद् आईपर्छ त्यसै अनुरुपको आवश्यक सामाग्रीहरु समेत खरिद गरेर हरेक स्थानीय तहले पूर्व व्यवस्थापन समेत गरेको पाईन्छ । विपद् पर्दा यसको प्रमुख दायित्व प्रदेश सरकारको हुने हुंदा आप्mनो प्रदेशको भुगोल अनुसारको संभावित विपद् पहिचान गरि प्रदेश सरकारले समेत विपद् पूर्व तयारी गरेको पाईन्छ ।

विपद् न्यूनिकरणका आठ चरणहरु:
विपद् न्यूनिकरण गर्नको लागी अपनाइएको यस आठ चरणमा विपद् जोखिम न्यूनीकरण समूह ग्लोबल वातावरण विभाग जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी जाईकाले हालै मात्र संचालन गरेको एक महिने अनलाईन कोर्षमा समावेश भएको 8 Steps  Practical Method  for developing Local Disaster Risk Reduction (DRR) Strategies /Plan लाई मैले यस लेखमा समावेश गरेको छु । जसलाई Country Report को रुपमा मैले नेपालको सहभागीको हैसियतले प्रस्तुत गरेको थिए । आशा छ यस आठ चरण कुनै पनि स्थानीय तहलाई विपद् न्यूनिकरण गर्नको लागी योजना तर्जुमा गर्न उपयोगी सावित हुने छ ।

चरण १ स्थानीय खतरा जानकारी सङ्कलन:
विपद्का प्रकार, ठाउँ, भौगोकि वातावरण अनुसार सन्सारको हरेक ठाउँमा मानिसहरुले फरक फरक खालको विपद्को सामना गर्नु परिरहेको हुन्छ । विपद् न्यूनिकरणका आठ उपायहरु खोज्नु पूर्व सर्वप्रथम आफ्नो स्थानीय तहको प्रोफाईल तयार पार्नुपर्छ । जसमा आफ्नो क्षेत्रको भौगोलिक नक्सा, जनसंख्या, क्षेत्रफल, बन, जंगल, खेति योग्य जमिन, खोला, नाला, बस्ती आदी सबैको पहिचान गरेर उचित ढंगबाट कुनैपनि कुराहरु नछुट्ने गरी एउटा प्रोफाईल तयार भईसकेपछि विपद् न्यूनिकरणको उपाय नं. १ अनुसार माथि उल्लेख गरेजस्तै आफ्नो ठाउँ विशेष अनुसार आफ्नो क्षेत्रमा घट्ने गरेका विपद्हरुको संकलन गर्नुपर्छ । आफ्नो स्थानिय तहमा कस्तो कस्तो प्रकारको विपद्का घटनाहरु घट्ने गरेकाछन् ती सबैको संकलन गर्ने, विगतका वर्षहरुमा यस्ता घटना घट्दा अबलम्बन गरिएका उपायहरु, कामहरुको समेत यस उपाय नं. १ मा संकलन गर्नुपर्छ । उदाहरणको लागी जस्तै, आगलागी, भुक्षय, बाढी, पहिरो, हिमपात, बेमौसमी वर्षा, भारी वर्षा, अत्याधिक चटरयांङ्गको समस्या, भुकंप आदी के कस्ता घटनाहरु घट्ने गर्दछन त्यसको सबै सूची तयार पार्नुपर्छ ।

चरण २ स्थानीय प्रकोप जोखिमहरू बुझ्दै:
यस उपायमा उपाय नं. १ मा संकलन गरिएको विपद्का घटनाहरुको वास्तविक पहिचान गर्ने काम गरिन्छ । पटक पटक दोहोरी रहने विपद्, मौसमि विपद् र त्यसबाट विगत वर्षहरुदेखि हाल सम्म पारि आएको प्रवाभ र क्षेतीको अध्ययन गरिन्छ । वर्षिनै भुक्षय भैरहन्छ भने के कारणले गर्दा यस्तो भईरहन्छ त्यसको मुख्य पहिचान यस उपाय नं. २ मा गरिन्छ । बाढी र पहिरोको जोखीम छ भने के कारण बाट पटक पटक बाढी पहिरो गईरहन्छ त्यसको कारण यस उपाय नं. २ मा खोजिन्छ । भु जोखिमको अवस्था छ र त्यस ठाउँमा पटक पटक पहिरो गैरहन्छ भने त्यस ठाउँको बस्तीलाई नै अर्को ठाउँमा सार्ने उपाय यसमा खोजिन्छ । नयाँ कच्ची बाटोहरु बनाउदा पुराना प्राकृतिक खहरे, खोला, नालाहरुको बिनास हुने हुँदा वर्षाको समयमा भिरालो जमिनबाट बग्ने पानीले गर्दा बस्तीहरुमा क्ष्यती पुराउने गरेको पाईएमा त्यस्ता क्ष्यतीबाट बच्न उचित ढलको ब्यवस्था गर्ने र पानीको डाईर्भसन गर्ने कामको उपाय खोजिन्छ । उपाय नंं १ बाट विपद्को पहिचान भैसकेपछी उपया नंं २ मा यसलाई न्यूनीकरण गर्न गहन र ब्यापक अध्ययन गर्नुपर्ने हुन्छ । यसको लागी विगतमा हुने गरेका विपद् र त्यसले पारेको क्षतीकाे अध्ययन गरेर एउटा निश्चित उपायको खोजी गरिन्छ ।

चरण ३ः राष्ट्रिय र अन्य अधिकारीहरू द्वारा विपद् जोखीम न्यूनीकरणका योजनाहरू पुष्टि गर्दै:
आफ्नो क्षेत्रमा हुने विपद्का घटना, यसले पार्ने प्रभाव, यसले गरेको क्ष्यती र न्यूनिकरणका उपायहरुको पहिचान भईसकेपछि तेस्रो नं. मा यसको रोकथामको लागी योजनाहरु तय गर्नुपर्ने हुन्छ । उक्त योजनाहरुमा सरोकारवाला सबै निकायलाई यसको हिस्सा बनाई मुख्य जिम्मेवारी सहित कामको बाँडफाँड, बजेट विनियोजना आदी सहीतको योजना बनाउनु पर्छ । पहिचान भएका विपद्को न्यूनीकरणको लागी के कस्ता कार्यक्रम, योजना बनाउदा यसको रोकथाम गर्न सकिन्छ भन्ने कुराको यस उपाय नं. ३ मा उल्लेख गर्नुपर्ने हुन्छ । यसमा विपद् न्यनिकरणको लागी छनौट गरिएका परियोजनाहरु संचालन गर्न केन्द्र सरकार, प्रदेश सरकार र स्थानीयक सरकार कस कसको के कस्तो भूमीका हो, लागत अनुमान, लाग्ने समय सबै कुराको अन्दाजी अनुमान गर्न सकिन्छ । उदाहरणको लागी तलको तालिका बाट प्रस्ट हुन सकिन्छ ।

चरण ४ समय–मापनलाई ध्यानमा राखेर अवशिष्ट जोखिमहरू (Residual Risk) पहिचान गर्ने 
चरण ४ विपद् न्यूनिकरणका उपयाहरुमा गरिने महत्वपूर्ण चरण हो । यस चरणमा चरण १, २ र ३ बाट प्राप्त तथ्यांकहरुलाई ग्राफिक्स चार्टको माध्यमबाट अवशिष्ट जोखिमहरु (Residual Risk) को मापन गरिन्छ । यी उपाय र यस्ता खाले योजनाहरु संचालन गर्दा विपद् जोखीम न्यनिकरणमा के कस्तो प्रभाव पर्छ भनेर सजिलै मापन गर्न सकिन्छ । जसलाई तलको उदाहरण बाट बुझ्ने कोशीस गरौ ।

साराशं
माथि प्रस्तुत गरिएको विपद् व्यवस्थापनका मुख्य ८ चरणहरु जसबाट आफ्नो क्षेत्रको विपद्का घटनाहरुको पहिचान गरी त्यसलाई सरल र सजीलो ढंगबाट व्यवस्थापन गर्न सकिन्छ । तर हाम्रो जस्तो देशमा यो एउटा योजना मात्र हुनसक्छ कीनकी यसमा छिमेकी स्थानीय तहको पनि उत्तिकै भूमीका रहने र साझेदारीमा काम गर्नुपर्ने हुँदा यस्तो महत्वआंकांक्षी योजनामा हिस्सा जनाउन सारै मुस्कीलको कुरा हो । हिस्सा जनाएर सबै एकसाथ अगाढी वढ्न सकेको खण्डमा पक्कैपनि यसले सबैको हित हुने कुरामा दुईमत छैन । विपद् सबैलाई पर्छ र सबै ठाउँमा कुनै न कुनै रुपमा यसले असर पुर्याई रहेको हुन्छ । यसको पहिचान गरी न्यूनिकरण गर्नूनै सरकारको दायित्व भित्र पर्ने हुँदा विकसित राष्ट्रहरुका असल सरकारले यसलाई महत्वपूर्ण योजनाको रुपमा अगाडी सारी रहको पाउन सकिन्छ । यसै अनुसार हामीले योजनाहरु बनाई अगाडी बढ्नु आजको आवश्यकता रहि आएको छ ।

[1] Disaster Risk Reduction Group Global Environment Department Japan International Cooperation Agency

लेखक विष्ट, पञ्चकन्या गाउँपालीका, नुवाकोटका प्रमुख प्रशासकीय अधिकृत हुन् ।

 

 

अशोक विष्ट
थप जानकारी