सरकारले विभिन्न मुलुकमा प्रस्ताव गरेका र नियुक्ति लिएका २० राजदूत शनिबार चन्द्रागिरी हिल्समा बास बस्ने गरी जाने भएका छन्।
उनीहरुलाई इन्डोनेसियाका लागि अवैतनिक महावाणिज्य दूत एवं उद्यमी चन्द्र ढकालले केबलकारमा स्वागत गर्ने कार्यक्रम छ। त्यसपछि चन्द्रागिरीस्थित रिसोर्टमा अन्तरक्रिया हुनेछ। राजदूतहरूलाई ढकालले आईएमई ग्रुप र व्यापार प्रवद्र्धनबारे जानकारी दिनेछन्।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका ढकालको आईएमई ग्रुपले सबैजसो राजदूत रहने मुलुकबाट रेमिट्यान्सको काम गर्दै आएको छ। प्रस्तावित र नियुक्त भएका राजदूत परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले दिएको प्रशिक्षणलगत्तै ढकालको रिसोर्टमा जान लागेका हुन्।
नियुक्ति लिएर जानुअघि व्यापारिक घरानाको रिसोर्टमा निम्तालु भएर बस्न मिल्ने या नमिल्ने भन्ने विषयमा राजदूतहरूले नै ध्यान दिन जरुरी रहेको बताउँछन् कूटनीतिज्ञहरू। एक कूटनीतिज्ञ भन्छन्, ‘राजदूतलाई निजी क्षेत्रबाट यसरी सम्मान गर्नु नराम्रो होइन तर उपस्थित हुने र नहुने राजदूतकै कुरा हो।’
राजदूतहरूलाई रिसोर्टमा राख्ने व्यवस्था भने परराष्ट्र मन्त्रालयले नै गरेको बताइएको छ। एक राजदूतले भने, ‘हामीलाई निम्ता आएको छ। शनिबार बेलुका जाने र आइतबार आउने हो। त्यहाँको सबै मिलाउने काम परराष्ट्र मन्त्रालयतिरबाट नै भएको होला।’



















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्