बैतडीको दोगडाकेदार गाउँपालिकाले कुपोषण भएका बालबालिकाका परिवारलाई बाख्रा वितरण गरेको छ। बहुक्षेत्रीय पोषण योजनाअन्तर्गत गाउँपालिकाभरिका ५० परिवारलाई बाख्रा वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए।
कुपोषण भएका बालबालिकालाई पौष्टिक तत्त्वका लागि मासु खुवाउन बाख्रा पालन गर्नु उपयुक्त हुने भन्दै बाख्रा वितरण गरिएको हो। बाख्रा पाएका बालबालिकाका परिवारका व्यक्तिहरूलाई शुक्रबार गाउँपालिका कार्यालयमै बोलाएर बाख्रा वितरण गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताइन्। ठूलो बाख्रा पाउने लाई एक बाख्रा र सानो पाउनेलाई दुई बाख्राका दरले दिइएको हो।



















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्