मकवानपुरको थाहानगर र काठमाण्डौं जोड्ने छोटो दुरीको चित्लाङ–थानकोट (गणेशमान सिहं मार्ग) अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ ।

चित्लाङ–चन्द्रागिरी–थानकोट सडकको राम्चे–देउराली भन्ज्याङ खण्डमा २७ असार राती पहिरो गएपछि सडक अवरुद्ध भएको थियो । उक्त पहिरो गएको स्थानमा अझै ढुड्गा माटो खस्ने क्रम जारीरहेको र सडक माथी करिब २५ टिर लम्बाइ र एकफिट फराकिलो धाँजा फाटेकोले जोखिम बढेकोले सडक नखुलाइएको सरक सरोकार समितिका रामशरण नेपालले बताए ।

पहिरो पन्छाउने विषयमा सडक डिभिजन कार्यलयका प्राविधिक र सरोकार समितीले स्थलगत अवलोकन पछि केहिदिन सवारी साधन आवागमन पुर्ण रुपमा बन्द गर्ने निर्णय भएको नेपालले बताए । पहिरो पन्छाउन समेत जोखिम रहेकोले यस्तो निर्णय गरिएको समितिले जनाएको छ । पैदल यात्रा गर्नेहरुका लागि राम्चे–देउरालीको पुरानो पैदलमार्ग प्रयोग गर्न समेत सरोकार समितिले अनुरोध गरेको छ ।

पालिका प्रेस
थप जानकारी