नेपाल नगरपालिका संघ बागमती प्रदेशको सदस्यमा थाहा नगरपालिकाका मकवानपुरका नगर प्रमुख तथा उपप्रमुख दुवैजना चयन भएका छन् । काठमाण्डौंमा भएको नगरपालिका संघको अभिमुखिकरण तथा बागमति प्रदेश समिति गठन कार्यक्रम मार्फत थाहाका नगर प्रमुख विष्णु विष्ट ‘आदर्श’ र उपप्रमुख भरत गोपाली सदस्यमा चयन भएका हुन् ।

बागमती प्रदेशका नगरपालिकाहरुका प्रमुख र उपप्रमुखहरुको भेलाबाट विष्ट र गोपाली सदस्यमा चयन भएका हुन् । बागमती प्रदेशको संयोजकमा कागेश्वरी मनोहरा नगरपालिकाको नगर प्रमुख उपेन्द्र कार्की र सहसंयोजकमा कालिका नगरपालिकाको नगर प्रमुख विनोद रेग्मी चयन भएका छन् ।

यस्तै अरु सदस्यहरुमा बिदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटी सहित नागार्जुन नगरपालिकाका उपप्रमुख सुशिला अधिकारी, कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटा, बनेपा नगरपालिकाका उपप्रमुख बिमला सापकोटा, धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, कमलामाई नगरपालिकाका, प्रमुख उपेन्द्र पोखरेल, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, बाह्रबिशे नगरपालिकाका उपप्रमुख मञ्जु तामाङ, दक्षिणकाली नगरपालिकाका उपप्रमुख बसन्ती तामाङ डंगोल र गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारी चयन भएको संघले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी