नेपाल निजामती कर्मचारी संगठनको बागमती प्रदेश कार्यसमितिको प्रथम अधिवेशनले बरुण कुमार साहको अध्यक्षतामा २९ सदस्य कार्यसमिति चयन गरिएको छ । २१ साउनमा हेटौंडामा आयोजित प्रदेश स्तरिय अधिवेशनले साहको अध्यक्षतामा प्रदेश स्तरिय समिति गठन गरेको हो ।

संगठनको उपाध्यक्षहरुमा राजेन्द्र कुमार दराइ, प्रमिला केसी, युवराज थापा, महासचिबमा हेम कुमार पाठक, सचिबहरुमा दिपकराज तिमल्सीना, गणेश थापा, देविदत्त घिमिरे, कोषाध्यक्षमा विष्णु ढुंगाना चयन भएका छन् ।

सदस्यहरुमा गणेश केसी, हरिबहादुर रायमाझि, केशब शर्मा, सोमनाथ लामिछाने, मोहन कार्की, कमल प्रसाद भुर्तेल, अनुप केसी, मुकुन्द कुमार खड्का, रविन्द्र कडेल, गिता छगुन्ना, टंक सिवाकोटी, टेकनाथ काफ्ले, पबन कुमार ठाकुर, छत्रबहादुर माझि, शान्तीराज मैनाली, प्रतिमा सापकोटा, गोकुल सिल्वाल लगायतका चयन भएका छन् ।

यसैगरी, नेपाल निजामती कर्मचारी संगठनको बागमती प्रदेश कार्यसमितिको प्रथम अधिवेशन आज हेटौंडामा भएको छ । अधिवेशनमा सहभागि कर्मचारी र अतिथिहरुले तीनै तहका सरकारले निजामती कर्मचारीको हितमा काम गर्न सरकारलाई दवाब दिएका छन् ।

अधिवेशनको उद्घाटन बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले गर्नुभयो । कार्यक्रमलाई संबोधन गर्नुहँुदै उहाँले कर्मचारीको हक हितका लागि एमाले सरकार मात्र लागिपरेको बताए । अहिलेको सरकारले कर्मचारीलाई समस्या पर्नेगरी ऐन, कानून ल्याएको बताए । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोईरालाले संगठनले आफ्नो हितमा मात्रै नभई जनताको हितमा जोडिएर काम गरेको बताए ।

पालिका प्रेस
थप जानकारी