नेपाली नागरिकताको प्रमाणपत्रमा अपमानजनक नाम राखी नागरिकता प्रदान गरिएको पाइएकोमा गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेल प्रेस विज्ञप्ति जारी गरी दुई वटा निर्देशन दिइएको जनाएका छन्।

पहिलो, गृह मन्त्रालयले नागरिकतामा अपमानजनक नाम र थर जनाइने गरी नागरिकताको प्रमाणपत्र जारी नगर्न निर्देशन दिइएको छ। दोस्रो, अहिलेसम्म जारी भएका नागरिकतामा अपमानजनक नाम र थर भएका व्यक्तिले सच्याउन चाहेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउन भनिएको छ।

दलित समुदायका केही व्यक्तिको नाम अपमानजनक शब्द राखिएको भन्दै सांसदहरूले पनि आवाज उठाएका थिए। सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्ने सांसदले अपमानजनक नाम तथा थर सच्याउने व्यवस्था गर्न माग गरेका थिए।

पालिका प्रेस
थप जानकारी