बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारीचालक अनुमतिपत्रका लागि आवेदन दिन सक्ने सङ्ख्यामा वृद्धि गरेको छ । मन्त्रालय मातहतका कार्यालयमा सवारीचालक अनुमतिपत्रको वर्ग थप र नयाँ आवेदन दिने सेवाग्राहीको चाप बढेपछि आवेदन दिन सक्ने सङ्ख्यामा (कोटा) वृद्धि गरेको हो ।

मन्त्रालयले मङ्गलबार साँझबाट लागू हुने गरी आवेदन दिन सक्ने सङ्ख्या वृद्धि गरेको छ । गत असार २८ गते मन्त्रालय मातहतका पाँच कार्यालयका लागि विभिन्न वर्गका सवारीसाधनको गरी दैनिक दुई हजार ४६० जनाले आवेदन दिन सक्ने व्यवस्था थियो ।

मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलले पछिल्लो समय सवारीचालक अनुमतिपत्रको वर्ग थप र नयाँ आवेदन दिने सेवाग्राहीको चाप बढेकाले आवेदन सङ्ख्या बढाइएको बताउनुभयो । उहाँका अनुसार शुक्रबारबाट एकैदिनमा तीन हजार ६७५ जनाले आवेदन दिन सक्ने गरी सङ्ख्या बढाइएको छ ।

आवेदन दिन सक्ने यो सङ्ख्याले १५ दिनसम्म निरन्तर ता पाउने र अवस्था हेरेर थपघट हुन सक्ने भन्दै उहाँले भन्नुभयो , “आवेदन दिन तोकिएकै सङ्ख्यामा एकै दिनमा चालक अनुमतिपत्रका लागि परीक्षण दिन सक्ने व्यवस्था मिलाइएको छ ।” अनलाइनमार्फत सवारीचालक अनुमतिपत्रका लागि आवेदन दिने सेवाग्राहीले आवेदन दिन लाग्दा कोटा छिट्टै सकिने, सर्वर डाउनलगायतका समस्या देखाउँदै आएको थियो ।

साथै बिचौलियाले सवारीचालक अनुमतिपत्रका लागि आवेदन भरेर राखी कब्जा गर्ने र पछि नाम ठेगाना परिवर्तन गरी आर्थिक लेनदेन गर्ने गरेको सार्वजनिक हुँदै आएको छ । बिचौ लियाले आवेदन भरेर कब्जा गर्न थालेपछि वास्तविक सेवाग्राही आवेदन दिनबाट वञ्चित हुँदै आएका थिए । सवारीचालक अनुमतिपत्रका लागि आवेदनमा समेत बिचौ लियाले आर्थिक लेनदेन गरेर काम गरेको सार्वजनिक भएपछि मन्त्रालयले अब आवेदकबाट प्राप्त सुरु विवरण संशोधन गर्न रोक लगाउने तयारी गरिरहेको जनाएको छ ।

प्रवक्ता पोखरेलले सेवाग्राहीको अत्यधिक चापका कारण वा दैनिक कोटा सकिएको भएमा अर्को मितिका लागि आवेदन दिन सकिने बताउँदै मन्त्रालयले मातहतका कार्यालयबाट सेवासुधारलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले सेवाग्राहीलाई आवेदन विवरण त्रुटिर हित हुने गरी भर्न आग्रह गर्दै सेवाग्राहीको चाप बढे काले व्यवस्थापन गर्न अतिरिक्त समयमा कार्यालय सञ्चालन भइरहेको बताउनुभयो ।

अनलाइनमार्फत वर्ग थप वा नयाँ आवेदन यातायात व्यवस् था कार्यालय, सवारीचालक अनुमतिपत्र, एकान्तकुना, ललितपुर , यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र, ठूलो भ¥याङ, काठमाडौँ, यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र, राधे राधे, भक्तपुर, यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, चाबहिल, काठमाडौँ र यातायात व्यवस्था कार्यालय, हेटौँडामा आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

-गोरखापत्र दैनिक

पालिका प्रेस
थप जानकारी