थाहानगरको शिखर इम्माउस चर्चले २५ औं रजत जयन्ती मनाएको छ । चर्च स्थापनाको २५ वर्षको अवसरमा पालुङ जेसीज सभाहलमा कार्यक्रमको आयोजना गरी मनाइएको हो ।

थाहा नगरपालिकाका नगर प्रमुख विष्णु विष्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको विशिष्ट अतिथी नगर उपप्रमुख भरत गोपाली रहेका थिए ।
कार्यक्रममा नगर प्रमुख विष्टले धर्मको नाममा एका अर्कालाई अविश्वास गर्ने परिपाटीको अन्त गर्नुपर्ने बताए । जनयुद्ध र जनआन्दोलनको एउटा उपलब्धी धर्म निरपेक्ष पनि भएकोले सबै धर्म संस्कृतिलाई समान रुपले हेर्न सबैलाई आग्रह गरे । धर्मलाई थाहानगरले पनि समान व्यवहार गर्ने बताउदै संस्थागत रुपमा सबै धर्म स.स्कृतिलाई संरक्षण र प्रवद्र्धन गर्न पालिका तयार रहेको धारणा राखे । नगर प्रमुख विष्टले बाइबलले समाज रुपान्तरण गर्ने हुँदा धर्ममा आस्था राख्नेहरुले समाज रुपान्तरण गर्न अग्रसर हुनुपर्नेमा जोड दिए ।

शिखर इम्माउस चर्चका पास्टर राम बहादुर गोपालीको अध्यक्षतामा सम्पन्न समारोहमा थाहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष हिरेन्द्र रायमाझी, इम्माउस चर्च थाहानगरका वरिष्ठ पास्टर हीराकाजी श्रेष्ठ, नगर भित्र रहेका विभिन्न मण्डलीका प्रमुखहरुको उपस्तिथि रहेको थियो।

रजन जयन्तीको अवसरमा शिखर इम्माउस मण्डली स्थापना गर्न सहयोग पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । शिखर इम्माउस चर्च २०५४ सालमा स्थापना भएको थियो। समारोहलाई सुजन दियालीले संयोजन गरेका थिए भने कार्यक्रम सन्जय गोपालीले संचालन गरेका थिए ।

पालिका प्रेस
थप जानकारी