नेकपा माओवादी केन्द्र थाहानगर कमिटी नेतृत्व चुनेको ९ महिनापछि पदाधिकारी टुङ्ग्याएको छ । थाहा नगरपालिकाको शंकर होटलमा ६ भाद्रमा बसेको नगर कमिटीको विस्तारित बैठकले १३ जना मनोनित गर्दै पदाधिकारी टुङ्ग्याएको हो ।
जिल्ला इन्चार्ज तथा पोलिटब्युरो सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको विस्तारित बैठकले उपाध्यक्षमा नवराज विष्ट, प्रमोद गोपाली र सुमन कार्कीलाई चुनेको छ भने सचिवमा लक्ष्मण विष्ट तथा कोषाध्यक्षमा मंगल बहादुर मोक्तानलाई चुनेको हो ।
पार्टीको विस्तारित बैठकले १३ जनालाई नगर कमिटिमा मनोनित गरेको छ । मनोनित हुनेहरूमा मोहनकृष्ण बलामी, ईमान सिं थिङ, रुपचन्द्र सापकोटा, अञ्जली बलामी, मंगलाल गोपाली, नरेश घलान, शिवकुमार खत्री, सानोभाइ खड्का, मदन गोपाली, निरन्जन घोले, राजकुमार केसी, राधिका रायमाझी र रुपचन्द्र गोपाली रहेका छन ।
नगर कमिटिले पुर्णता पाएसंगै आगामी बैठकले सचिवालय र विभिन्न समितिका प्रमुखहरुको टुङ्गो लगाउने थाहानगर अध्यक्ष बिनोद कुमार लामाले जानकारी दिए ।



















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्