नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रको बक्यौता ४ करोड नाघेको छ । आर्थिक वर्ष २०७८÷०७९ सम्मको वक्यौता रकम ३ करोड २२ लाख र कालोसूचिमा ८२ लाख गरी कुल ४ करोड ४ लाख रुपियाँ उठाउन बाँकी रहेको रहेको लेखा प्रमुख सुमन शिवाकोटीले जानकारी दिए । यस वितरण केन्द्र अन्तर्गत करिब १५ हजार ग्राह छन् ।

विद्युत महशुलको बक्यौता बढ्दै गएपछि वितरण केन्द्रले महशुल नतिर्ने ग्राहकको लाइन काट्ने अभियान शुरु गरेको छ । बक्यौता महशुल तिर्न प्राधिकरणले पटक पटक सूचना जारी गरेको भए पनि अटेर गरि नतिर्ने ग्राहकहरुको लाईन काट्न शुरु गरिएको पालुङ वितरण केन्द्रका प्रमुख बिरमान रास्कोटीले जानकारी दिए । विद्युत महशुल नियमानुसार नतिर्ने ग्राहकको लाइन काटिने वितरण केन्द्र प्रमुख रास्कोटीले बताए ।

ग्राहकलाई पटक पटक सार्वजानिक सुचना गरी बाँकी बक्यौता तिर्नका लागि अनुरोध गर्दा पनि अटेर गरेका कारण लाईन काट्ने अभियान संचालन गरेको प्राधिकरण पालुङले बताएको छ । प्राधिकरणको विद्युत वितरण विनियामवलीमा मिटर रिडिङ भएको ६० दिनसम्म पनि महशुल नतिरे बिना सूचना लाईन काट्न सकिने प्रावधान छ ।

पालिका प्रेस
थप जानकारी