मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ घर्तिखोलाका मधु अधिकारीको घरबाट विषालु सर्प किङ कोब्राको उद्धार गरिएको छ । अधिकारुीको घरको दलिनमा बसिरहेको अवस्थामा कोब्राको स्थानीय शिवहरि बर्तौलाले ८ भाद्रमा उद्धार गरेका हुन् ।
उद्धार गरिएको कोब्रालाई राप्ती डिभिजन वन कार्यालयको पहलमा पर्सा वन्यजन्तु आरक्षको कोर यरियामा छाडियको राप्ती डिभिजन वन कार्यालयका प्रमुख विष्णु प्रसाद आचार्यले जानकारी दिए । प्रमुख आचार्यले सर्पलाई मानव बस्तीबाट नियन्त्रणमा लिएर सुरक्षित तवरले वन कार्यालयलाई जिम्मा लगाउने स्थानीय युवा शिवहरी बर्तौलालाई धन्यवाद दिए । आचार्यले बर्तौलालाई सर्प उद्धार सम्बन्धी तालिमकोे खाचो रहेको बताउँदै थाहा नगरपालिकासंग समन्वय गरेर टुल कीट र तालिमको लागि पहल गरिने प्रतिक्रिया दिए ।
कोब्रालाई उद्धार गरी उस्कै प्राकृतिक वासस्थानमा सुरक्षित साथ पुनर्वास गर्न सकेकोमा शिवहरि बर्तौलाले खुशी व्यक्त गरे । यस अघि पनि वर्ताौलाले थाहानगर भित्र भेटिएका बिषालु सर्पलाई उद्धार गरी इलाका वन कार्यालय पालुङलाई बुझाएपनि उचित स्थानमा छाड्ने नगरेको पाइएपछि यसपटक भने बर्तौलाले सर्पलाइ राप्ती डिभिजन कार्यालयलाई निकुञ्जमै छाड्ने सर्त सहित जिम्मा लगाएका थिए ।



















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्