नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण विडारीले ४ मंसिरमा हुने निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ उम्मेदवार बन्ने दाबी गरेका छन्।
१२ भाद्रमा बागमती प्रदेश कमिटी बैठकमा बिडारीले मकवानपुर क्षेत्र नं २ माओवादीले पाउनु पर्ने र त्यसको दाबेदार आफू रहेको बताएका हुन्।
‘हामीले मकवानपुरका २ क्षेत्रमध्ये एउटा रोज्नुपर्छ। हामी क्षेत्र नं २ मा बलियो छौ। त्यसैले पार्टीले पाउनुपर्छ,’ उनले भने, ‘मैले २०४८ सालपछि निर्वाचन लडेको छैन। यसपटक म यो क्षेत्रमा चुनाव लड्न चाहन्छु।’
मकवानपुर क्षेत्र नं २ बाट २०७४ सालमा तत्कालीन एमालेबाट विरोध खतिवडा निर्वाचित भएका थिए। उनी अहिले नेकपा (एकीकृत समाजवादी) मा आवद्ध छन्। यो क्षेत्रमा खतिवडाको दाबी छ।
बिडारी यसअघि राष्ट्रिय सभा सदस्य थिए।



















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्