मकवानपुर थाहा नगरपालिकाको कुन्छालमा शहीद सुनिता स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम भएको छ । जनयुद्धका शहीद सुनिता गोपालीको जन्म स्थान कुन्छालमा कार्यक्रमको आयोजना गरी सुनिता गोपालीलाई श्रद्धाञ्जली अर्पण गरिएको हो । कार्यक्रम शहीद सुनिता स्मृति प्रतिष्ठानको आयोजनामा भएको हो ।
नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सदस्य ज्योति रायमाझीको प्रमुख आतिथ्यतामा भएको श्रद्धाञ्जली सभामा नेकपा एकीकृत समाजवादीका थाहानगर अध्यक्ष सानुकाजी गोपाली, माओवादी केन्द्र थाहानगरका अध्यक्ष बिनोद कुमार लामा, माओवादी जिल्ला समन्वय समिती सदस्य अरुण रायमाझी, जेष्ठ कम्युनिस्ट सदस्य बिष्णु गोपाली, थाहा–१ का वडा अध्यक्ष हेरमान गोपाली, ३ नम्बर वडाध्यक्ष हिरेन्द्र रायमाझी, माओवादी केन्द्र थाहानगर उपाध्यक्ष सुमन कार्कीलगायत विभिन्न संघसंस्था, बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो ।
शहीद सुनिता स्मृति प्रतिष्ठानका अध्यक्ष सुवर्ण गोपालीको अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरुले शहीदले देखाएको बाटोमा नेतृत्व नहिडी गलत बाटो हिडिरहेको बताउँदै शहीदले बगाएको रगतलाई नभुल्न नेतृत्वलाई खवरदारी गर्दै पार्टीले शहीद तथा बेपत्ता परिवारलाई विशेष ख्याल राख्नुपर्नेमा जोड दिएका थिए ।

शहीद सुनिता
वि.सं. २०५९ भाद्र १३ गतेका दिन धादिङको निगांलेबाट सेल्टर लिइरहेको अवस्थामा धादिङको बैरेनीबाट खटिएको तत्कालीन शाही नेपाली सेनाले गोपालीलाई कब्जामा लिइ तसर्पु रातोमाटेमा ल्याइ निर्मम यातना सहित हत्या भएको बताइन्छ । शहीद गोपाली आमा मैजुमाया गोपाली र बुबा ज्ञानुकाजी गोपाली हुन् । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष समेत रहेका सुसवर्ण गोपालीले सुनिताको योगदानको चर्चा गर्दै सुनिता सानैदेखि विद्रोही स्वाभावको भएको बताए । अध्यक्ष गोपालीका अनुसार २०५८ साल भाद्र १ गतेदेखि परिवर्तनको निम्ति जनयुद्धमा होमिएकी सुनिता पार्टीमा पुर्णकालिन कार्यकर्ता थिइन् । त्यतिबेला सुनिता गोपालीसहित धादिङ जिवनपुरका सुमित्रा दंगाली ‘संगिता’ पनि शहीद भएको जानकारी गराए ।



















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्