नेकपा माओवादी केन्द्र थाहानगर कमिटी तथा ईन्द्रसरोवर गाउँपालिका कमिटीले ४ मङ्सिरमा हुने संघ तथा प्रदेश सभा निर्वाचनको लागि उमेदवार सिफारिस गरेको छ ।
दुबै पालिकाको १८ भदौमा बसेको पदाधिकारी बैठकले उमेदवार सिफारिस गरेको हो। सिफारिस हुनेमा प्रतिनिधि सभा २ मा दुवै पालिकाले नेता रामनारायण विडारीलाई सिफारिस गरेको छ ।
त्यस्तै प्रदेश सभा २ ‘क‘ तर्फ पनि दुवै पालिकाले नेताहरु कुमारी मोक्तान, विष्णुहरि ढकाल जंगली, लवशेर बिष्ट, सन्तोष विष्ट तथा प्रकाशचन्द्र पाण्डे ‘प्रलोक’लाई सिफारिस गरिएको छ ।
प्रदेश समानुपातिक तर्फ थाहानगरले ज्योति रायमाझीलाई सिफारिस गरेको छ भने ईन्द्रसरोवरले ज्योती रायमाझी, अप्सरा लामा, विर्जुपदम लामा र रन्जित राणालाई सिफारिस गरेको छ ।



















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्