विइङ युथको आयोजना ओएनजीडि एफएनइएलको आर्थिक सहयोग तथा शिखरापुर सामुदायिक सिकाइ केन्द्रको सहकार्यमा थाहा नगरको होटल पाइनसमा कर्मचारी क्षमता अभिवृद्ध तथा संस्थागत विकास सम्बन्धि एकदिने तालिम भएको छ ।

थाहानगर भित्रका संघसंस्थामा कार्यरत प्रतिनिधिहरु तथा जनता प्रावि थाहा १२ का कर्मचारीहरुको सहभागीता रहेको तालिममा संस्थागत विकासको लागि नेतृत्वको भुमिका, कर्मचारीहरुको कार्य व्यवस्थापन, अर्थ व्यवस्थापनका साथै समस्याको पहिचान, प्राथिमिकरण, विश्लेषण, समाधानको वैकल्पिक उपाय, उपयुक्त विकल्पको खोजी गरि कार्यान्वयन गर्ने लगायत संस्थागत प्रस्तावना लेखन अभ्यास समेत गरिएको थियो । तालिमका सहभागहिरुलाई शिखरापुर सामुदायिक सिकाइ केन्द्रका प्रमुख निरोज श्रेष्ठ तथा वल्ड एजुकेशनका छविलाल चौलागाईंले सहजीकरण गरेका थिए ।

विइङ युथका अध्यक्ष वसन्त कार्कीको सभाध्यक्षतामा भएको तालिम समापन समारोहमा प्रमुख अतिथि वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझी, पत्रकार कुमार नेगी, थाहानगर उद्योग वाणिज्य संघका उपाध्यक्ष पुरुषोत्तम ढकाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

पालिका प्रेस
थप जानकारी