मनहरी गाउँपालिकामा निर्वाचित भएर आएका पदाधिकारीहरुको एक सय दिनको कार्यप्रगति विवरण सार्बजनिक हुने भएको छ । भदौ २१ गते पत्रकार सम्मेलनमार्फत प्रगति सार्बजनिक गर्न लागिएको हो ।
यो अबधिमा भएका निर्णयहरु र ती निर्णयहरुको कार्यान्वयनको अबस्थासहित आगामी योजनाहरुका बारेमा अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगरसहितका टोलीले धारणा सार्बजनिक गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले बताए ।
०७९ साल बैशाख ३० गतेको स्थानीय तहको निर्वाचन भएपछि दोस्रो कार्यकालका लागि मनहरी गाउँपालिका रन्जन कालाखेतीको नेतृत्वमा अघि बढिरहेको छ ।













































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्