आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) जिल्ला समन्वय समिति मकवानपुरले उम्मेदवारहरु चयनको लागि प्रदेश कमिटिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

जिल्ला पार्टी कार्यालय हेटौडामा २० भाद्रमा बसेको बैठकले मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को लागि प्रत्यक्ष तर्फ संबिधानसभा सदस्य प्रल्हाद लामिछाने, जीवन गोले र वसन्त कुमार लामालाई सिफारिस गरेको छ ।

त्यस्तै, क्षेत्र नम्बर २ को लागि पुर्व राष्ट्रिय सभा सदस्य रामनारायण विडारी र पार्टीका पोलिटब्युरो कुमारी मोक्तानलाई सिफारिस गरेको छ ।
त्यस्तै गरि, प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिक तर्फको नाम चयनको लागि छलफल भईरहेको जिल्ला समन्वय समितिका सचिव भिम पाख्रीनले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी