काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ बाट अवैध लागूऔषध गाँजाको धुलोसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध गाँजाको धुलो ४ किलोग्रामसहित मंगलबार बिहान एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका वडा नम्वर ७ घर भएका ३७ वर्षीय जितबहादुर स्याङतान रहेको प्रहरीले जनाएको छ । बागमती प्रदेश ०२–०३० प ५२०५ नम्वरको मोटरसाइकललाई प्रहरीले चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनको साथबाट उक्त परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।



















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्