मकवानपुरको विकट राक्सिराङ गाउँपालिका वडा नम्बर–२ बरेटारमा एक महिलाको चट्याङ लागेर मृत्यु भएको छ । घर नजिकै गोठालो गएकी महिला र अर्का एक ब्यक्तिलाई चट्याङ लागेकोमा महिलाको मृत्यु भएको हो। धेरै टाढा भएकाले प्रहरी जान पनि समस्या भएको जनाएको छ ।
ज्यान जानेमा राक्सिराङ-२ बरेटार की ६२ बर्षीया कालिमाया स्याङतान रहेको जनाइएको छ। मंगलबार साँझ घर नजिकै बारीमा गएको समयमा उनलाई चट्याङ लागेको थियो। चट्याङ लागेको उनको घटनास्थलमै ज्यान गएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले बताएका छन्।घटनाको मुचुल्काको लागि बुधबार बिहान इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली घटनास्थल तर्फ गएको जनाइएको छ। हिजो साँझनै मृत्यु भएपनि पोष्टमाटमका लागि हेटौंडा अस्पताल सम्म ल्याउन पनि समस्या भएको छ ।













































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्