नेकपा माओवादी केन्द्रको भातृ संगठन तामाङ राष्ट्रिय मुक्ति मोर्चाको थाहानगर कमिटि गठन भएको छ । थाहा नगरस्तरीय सम्मेलनले ईमानसिं थिङको अध्यक्षतामा २५ सदस्यीय थाहा नगर कमिटि गठन गरिएको हो।
मोर्चाको उपाध्यक्षमा देबकी तामाङ, रोजराम थिङ, रघुनाथ वाइबा, सचिवमा गणेश लामा, र कोषाध्यक्षमा मगर सिं मोक्तान चयन भएका छन् । त्यस्तै सदस्यहरुमा ठुलोबाबु तामाङ, बिष्णुमाया थिङ, कृष्ण जी स्याङ्तान, पहलमान थिङ, देवान घले, मिलन स्याङ्तान, देबराज गोले र नरेश घलान लगायत रहेका छन्।
नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सदस्य ज्योति राइमाझीको प्रमुख आतिथ्यता तथा नगर सम्मेलन आयोजक कमिटिका संयोजक इमान सिं थिङको अध्यक्षतामा भएको थियो। सम्मेलनमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य इन्द्रबहादुर श्रेष्ठ, थाहा नगर पार्टी अध्यक्ष बिनोदकुमार लामा, जिल्ला समन्वय समितिका सदस्य सुबर्ण गोपाली, वाइसियल नेपाल केन्द्रिय सदस्य नवराज थिङ, तामाङ राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सदस्य दिपक लामा, अनेरास्ववियु क्रान्तिकारीका जिल्ला सह(सचिब मुकेश गोले लगायतको आतिथ्यता रहेको थियो।













































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्