बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानले बालबालिकाको सर्वाङ्गिण विकासका लागि बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताजस्ता अधिकार व्यवस्था गरेको उल्लेख गरेका छन् ।

अन्ठाउन्नौँ राष्ट्रिय बाल दिवसका सन्दर्भमा प्रमुख शर्माले एक शुभकामना सन्देश दिँदै नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता गरेको उल्लेख गरे ।

‘बालबालिकाको सवालमा व्यवस्था गरिएका विभिन्न संवैधानिक तथा कानूनी प्रावधानको स्थानीय, प्रदेश तथा सङ्घ तीनै तहका सरकारबाट प्रभावकारी कार्यान्वयन हुनुपर्दछ’–सन्देशमा भनेका छन् । ‘बालमैत्री समाजको आधार: जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नारासहित आज मनाइँदै गरिएको ५८ औँ राष्ट्रिय बाल दिवसका सन्दर्भमा उहाँले वर्तमानका साझेदार एवं भविष्यका कर्णधार मानिने बालबालिकालाई भोलिका दिनमा जिम्मेवार नागरिक बनाउन सम्बन्धित पक्ष लागि पर्न आह्वान गरे ।

पालिका प्रेस
थप जानकारी