मकवानपुर थाहानगरमा क्रियाशील स्थानीय स्काउट कार्यालयको समन्वय तथा जनकल्याण स्काउट ट्रपको आयोजनामा विभिन्न कार्यक्रम भएको छ । “बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने मुलनाराकासाथ कार्यक्रम संचालन गरिएको हो ।

जनकल्याण स्काउट ट्रपका संयोजक तथा प्रधानाध्यापक सानोभाई कार्कीको सभाध्यक्ष तथा स्थानीय स्काउट थाहानगर संयोजक गणेशमान श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम संचालन भएको हो । जनकल्याणको प्राङ्गणमा इसिडी कक्षाका बालबालिकाबीच चकलेट दौड, कक्षा १ देखि ३ सम्म म्युजिकल चियर, कक्षा ४ र ५ मा मेरो विद्यालय विषयक चित्रकला, ६ देखि ८ सम्मका विद्यार्थीबीच मेरो सुन्दर थाहानगर विषयक चित्रकला तथा कक्षा ९ र १० का विद्यार्थी माझ बाल अधिकार मेरो सरोकार विषयक निबन्ध प्रतियोगिता भएको हो ।

सफल विद्यार्थीहरुलाई पुरस्कार वितरणसहित डेँगी रोग विरुद्द सचेतनामुलक ¥याली जनकल्याण मावि बाट शिखरकोट बजार हुँदै ओखरबजारसम्म विद्यार्थीहरुले डेँगीबाट बचौँ, वातावरण सफा राखौँ भन्ने नारासहित सचेतना ¥याली समेत गरेका थिए । ¥यालीमा ५ सय जना विद्यार्थीले सहभागिता जनाएका थिए ।

पालिका प्रेस
थप जानकारी