Hot News समाचार

मकवानपुरमा १३ सय ३१ जनामा डेंगु

मकवानपुरमा हालसम्म १ हजार ३ सय ३१ जनामा डेंगु संक्रमण भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार मकवानपुरमा १३ सय ३१ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

कार्यालयका अधिकृत तथा सूचना अधिकारी लक्ष्मण घिमिरेले दिएको जानकारी अनुसार जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकामा १२ सय ६१ जनामा डेंगु संक्रमण भएको छ ।

त्यसैगरी मकवानपुरगढी गाउँपालिकामा १८, थाहा नगरपालिकामा १७ जना, मनहरी गाउँपालिकामा १६ जना, भीमफेदी गाउँपालिकामा ११ जनामा डेंगु संक्रमण भएको छ । त्यसैगरी बकैया गाउँपालिकामा ५ जना, बागमती गाउँपालिकामा २ जना तथा राक्सीराङ गाउँपालिकामा १ जना संक्रमित भएका हुन् । मकवानपुरको कैलाश र इन्द्रसरोबर गाउँपालिकामा भने संक्रमित भएका छैनन् ।

पालिका प्रेस
थप जानकारी

प्रतिक्रिया दिनुहोस्

लोकप्रिय



भर्खरै