

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ र ४ को संयुक्त आयोजनामा डेङ्गी रोग विरुद्ध सचेतनामुलक ¥याली भएको छ । ३० भाद्रमा दुई वडाका जनप्रतिनीधि, हिमालयन बोर्डिङ स्कुल र जन कल्याण माविका विद्यार्थीहरुसहित ¥याली भएको वडा सचिव पाल्साङ लामाले जानकारी दिए ।
सचेतना ¥याली थाहानगरको शिखरकोटबाट ओखरबजारसम्म संचालन भएको थियो । ¥यालीमा बालबालिकाको साथै इलाका प्रहरी कार्यालय पालुङका प्रतिनीधिहरु, बजार व्यवस्थापन समितिका पदाअधिकारीहरु लगायतको पनि सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्