मकवानपुरको थाहानगरमा सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले सेवा बिस्तार गरेको छ । कम्पनीले थाहा–४ पेट्रोलपम्प नजिकै दामन शाखा कार्यालय १ असोजबाट संचालनमा ल्याएको छ ।

एक समारोहका बिच थाहा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नारायण लामाले इन्स्योरेन्स दामन शाखाको रिवन काटी औपचारिक उद्घाटन गरे ।

कम्पनीका चिफ म्यानेजर गणेश चौलागाईंको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र रायमाझी, कम्पनिका रिजनल म्यानेजर नरेश थापा, प्याब्सन थाहा नगरका अध्यक्ष सुरेन्द्रमान प्रधानलगायत थाहा नगर भित्र रहेका बित्तिय संस्थाका प्रमुखहरु, संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

पालिका प्रेस
थप जानकारी