प्लान इन्टरनेशनलको साझेदार संस्था एकीकृत ग्रामीण विकास समाज मकवानपुरले थाहा नगरपालिकामा संचालित प्रारम्भिक बाल विकास परियोजना तथा बाल सपना परियोजना अन्तर्गतका कार्यक्रमको सामाजिक लेखा परीक्षण गरेको छ । थाहानगरको विकास घरमा २ असोजमा कार्यक्रमको आयोजना गरी कार्यक्रमहरुको उपलब्धि, परिणाम तथा संस्थाको सुशासन तथा बजेट विवरण तथा खर्च विवरणको बारेमा जानकारी दियएको थियो ।

एकीकृत ग्रामीण विकास समाजकी अध्यक्ष सीता विष्ट बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख विष्णु बिष्ट, उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत होमनाथ काफ्ले, प्लान इन्टरनेशनलका मिर कुमार झा, राडो नेपालका अध्यक्ष डा कृष्ण धिताल, प्राध्यापक तथा एसिया टाइम्सका स्तम्भकार हिम भुर्तेल, सामाजिक परिचालक नवीन सुवेदीलगायत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरु अभिभावक शिक्षाका सहभागीहरुको उपस्थिती रहेको थियो।

कार्यक्रम निर्मल भण्डारीले सहजीकरण गरेका थिए । ग्रामिण विकासले थाहानगरमा ३ वर्षदेखि थाहा नगरपालिकामा बाल सपना परियोजना संचालन गर्दे आएकोमा सोको समेत मूल्याकंन गरिएको छ ।

पालिका प्रेस
थप जानकारी