

स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा उमेद्वार भई खर्च विवरण नबुझाएका उमेद्वारहरुको नामावली र जरिवाना रकम समेत सार्वजनिक गरेको छ ।आयोगले ३ असोजमा सूचना प्रकाशन गरी नामावली र जरिवाना रकम सार्वजनिक गरेको हो ।
थाहानगरका निर्वचित जनप्रतिनीधि र पारजित भएका उमेद्वारहरुले स्थानीय तह निर्वाचनमा लागेको खर्चको बिल भरपाइसहित आयोगमा विवरण नबुझाएकोले उनीहरुलाई निर्वाचन आयोगले जरिवाना गरेको हो । स्थानीय तह निर्वाचन, २०७९ मा उमेद्वार भई कानुन बमोजिम निर्वाचन खर्चको विवरण नबुझाउने तथा बिलम्ब गरी बुझाउने उपर निर्वाचन आयोगको २०७९ साउन ३१ गतेको निर्णय अनुसार गोरखापत्रमा सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र स्पष्टीकरण पेश गर्न भनी १ भाद्रमा सूचना गरेको थियो । प्रकाशित सूचनाको समयावधि भित्र प्राप्त हुन आएका स्पष्टीकरणहरु अध्ययन गरी हेर्दा चित्त बुझ्दो नदेखिएको र सो अवधिभित्र स्पष्टीकरण पेश नगरेको, ढिलो गरी स्पष्टीकरण पेश गरेको आधारमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ बमोजिम आयोगले निर्धारण गरेको खर्चको हद अनुसार हुने गरी सोही ऐनको दफा २६ को उपदफा (१) बमोजिम जनही २ लाख जरिवाना ठहर्ने आयोगले जनाएको छ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा ५ बमोजिम राजनीतिकदल वा उमेद्वारले निर्वाचनको अन्तिम मतपरिणाम प्रकाशित भएको ३० दिनभित्र निर्वाचनमा भएको खर्चको बिल भरपाइसहित आयोगले तोकेको कार्यालयमा विवरण पेश गर्नुपर्ने व्यवस्था छ । त्यस्तै स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण दल वा उमेद्वारले मतपरिणाम घोषणा भएको ३० दिनभित्र बुझाउनुपर्ने, स्थानीय तह निर्वाचन नियमावली, २०७३ नियम ४० बमोजिम उमेदवार वा निजको प्रतिनिधिले निर्वाचनको अवधिमा निर्वाचनमा भएको खर्चको विवरण तोकिएको ढाँचामा मतपरिणाम घोषणा भएको ३० दिनभित्र प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा बुझाउनु पर्ने कानुनी व्यवस्था छ ।
कानुन अनुसार खर्च विवरण नबुझाई जरिवनामा परेका उमेद्वारहरुको स्थानीय तह अनुसार निर्वाचन आयोगले ३ असोजमा नामावली वेभसाइटमा प्रकाशन गरेको छ ।
हेर्नुहोस् जरिवानमाा परेका उमेद्वारहरुको नामावली थाहा पाउन तलको लिंकमा क्लिक गर्नुहोस् ।
-
गाउँपालिका वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्यको नामावली
-
गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षकाे नामावली
-
नगरपालिका प्रमुख उपप्रमुखको नामावली
-
नगरपालिका वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्यको नामावली
-
महानगरपालिका वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्यको नामावली
-
उपमहानगरपालिका प्रमुख उपप्रमुखको नामावली
-
उपमहानगरपालिका वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्यको नामावली
-
महानगरपालिका प्रमुख तथा उपप्रमुखको नामावली
प्रतिक्रिया दिनुहोस्