वडा नंम्बर ११ मा गरिएको दीप प्रज्वलन कार्यक्रम

मकवानपुर थाहा नगरपालिकाले संविधान दिवसको अवसरमा दीप प्रज्वलन गरेका छ । पालिका अन्तर्गतको वडा नम्बर २, ३, ४, ११, १२ लगायतका वडाहरुमा दीप प्रज्वलन भएको हो ।

नेपालको संविधान–२०७२ जारी भएको आज ७ वर्ष पूरा ८ औं वर्षमा प्रवेश गरेको छ । विसं २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष आजका दिन संविधान दिवस मनाइँदै आएको छ । नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधान सभा मार्फत निर्माण गरेको संविधानको स्मरणमा ३ असोजमा देशभर विभिन्न कार्यक्रम सहित आठौं संविधान दिवस मनाइएको छ ।

यसैबीच पालुङ जेसीजको आयोजनामा थाहा नगरपालिकाको पाण्डुकेश्वर मन्दिर पालुङमा दीप प्रज्वलन गरिएको छ । कार्यक्रम थाहा नगरपालीका वार्ड नम्बर–२ का वडा अध्यक्ष बम बहादुर सिन्तानको प्रमुख आतिथ्यमा भएको थियो ।

पालुङ जेसीज २०२२ का महासचिव निरज रायमाझीले सञ्चालनमा भएको कार्यक्रममा वर्ष २०२२ का उपाध्यक्ष अञ्जय प्रधानले जेसीज आस्थापाठ वाचन तथा पालुङ जेसीज वर्ष २०२२ का कार्यकारिणी उपाध्यक्ष सुबिन्द्रमान प्रधानले कार्यक्रमका अतिथीहरुलाई स्वागत गरेका थिए । कार्यक्रम वर्ष २०२२का अध्यक्ष जयराम खत्रीको सभाध्यक्षतामा भएको थियो ।

कार्यक्रममा वर्ष २००६ का शाखा अध्यक्ष रामप्रसाद ढकाल, पाण्डुकेश्वर क्षेत्र विकास समितीका अध्यक्ष जनक कुमार हमाल ठकुरीलगाएत कार्य समितीका पदाधिकारीहरू तथा पालुङ जेसीज वर्ष २०२२ का बोर्ड सदस्यहरको उल्लेख्य उपस्थिती रहेको थियो ।

वडा नंम्बर १२

वडा नंम्बर २

वडा नंम्बर ११

वडा नंम्बर ३ र ४