मकवानपुर थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको बज्रवाराही माविको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । निर्माण सम्पन्न भएको ११ कोठे पक्की भवनको ६ असोजमा थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टले एक समारोहकाबीच उद्घाटन गरे ।

जापान सरकारको ओडिए ऋण सहयोग अन्तर्गत बनेको भुकम्प प्रतिरोधात्मक भवन निर्माण भएसंगै बालबालिकालाई अध्ययनका लागि सहज भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्पना बलामीको सभाध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा ६ नम्बर वडाध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक रमेशमान डंगोल, ओडिएका टिम लिडर वङ कुक हुङ, शिक्षा विकास तथा समन्वय इकाईका इकाई प्रमुख दिनानाथ गौतम लगायतकाको आतिथ्यता रहेको थियो ।

भवन उद्घाटनको अवसरमा आयोजित समारोहमा विद्यार्थीले दशै विशेष सास्कृतिक कार्यक्रमको समेत गरेका थिए ।

पालिका प्रेस
थप जानकारी