हेटौंडाको कर्रा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीनजना बालकको शव भेटिएको छ ।

शुक्रबार साँझदेखि बेपत्ता भएकाहरुको खोजी गर्नेक्रममा तीन जना बालक बेपत्ताको शव कर्रा खोला किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए । मकवानपुरका प्रहरी निरीक्षक घिमिरेका अनुसार १७ वर्षीय साहिल लामा, १२ वर्षीय कासाङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तानको शव भेटिएको छ ।

हेटौंडा उपमहानगरपालिक-५ मा पर्ने कर्रा खोलामा पौडी खेल्न आएका ४ जना बालकमध्‍ये ३ जना बालक खोलामा प्रवेश गरेका थिए ।

उनीहरु हेटौंडा १५ फायरलाइनबाट पौडी खेल्न आएको प्रहरीले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी