रोल्पाको सुनछहरी गाउँपालिकाले गाउँपालिका भित्रका सबै सामुदायिक बिधालयहरुमा कार्यरत शिक्षक,बिधालय कर्मचारी र बाल विकास शिक्षकहरुको तलबभत्ता मासिक रुपमा अनलाइन प्रणाली मार्फत सुरु गरेको छ।

गाउँपालिकाले निजामती कर्मचारी सरह शिक्षक बिधालय कर्मचारी र बाल विकास शिक्षकहरुको तलब मासिक रुपमा अनलाइन प्रणाली मार्फत आफ्नै ब्यक्तिगत खातामा जम्मा हुने गरि भुक्तानी दिन सुरु गरेको गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखा संयोजक रेगबहादुर पुनमगरले बताउनुभयो । गाउँपालिकामा जम्मा स्वीकृत दरबन्दीको शिक्षक ७६ जना,राहत शिक्षक १ जना,गाउँपालिका अनुदान शिक्षक २० जना,संघीय अनुदान शिक्षक ९ जना,बिधालय कर्मचारी ५ जना ,बिधालय सहयोगी ३३ जना, बाल विकास शिक्षक २२ जना र एक मुष्ट अनुदान शिक्षक ६ जना गरि १७२ जना शिक्षक, बिधालय कर्मचारी, बाल बिकास सहजकर्ता र बिधालय सहयोगीहरु गाउँपालिकाको ३३ वटा बिधालयहरुमा कार्यरत रहेको शिक्षा,युवा तथा खेलकुद शाखा संयोजक पुनले बताउनु भयो ।

नेपाल सरकारले दिने सशर्त रकम समयमै  निकाशा र संचित कोषमा रकम मौज्दात रहेमा शिक्षकहरुको तलबभत्ता मासिक रुपमै दिईने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लालसिंह खड्काले बताउनुभयो । मासिक रुपमा अनलाइन प्रणाली मार्फत तलबभत्ता बुझ्न पाउँदा आफू खुसी भएको शाखा आधारभूत बिधालय सुनछहरी गाउँपालिका १ नम्बर वडा फुलिवनका प्रधानाध्यापक खिमबहादुर बिष्टले बताउनुभयो।साथै उहाँले शिक्षकहरुको तलब मासिक रुपमा अनलाइन मार्फत आफ्नै ब्यक्तिगत खातामा जम्मा हुने भए पछि गाउँपालिकालाई धन्यवाद व्यक्त गर्नुभएको छ।उहाँले भन्नुभएको “वर्षौं देखि शिक्षकहरुले तलबभत्ता समयमा पाउदैन्न थिए ४ महिना सम्म तलब पर्खिदा आर्थिक व्यवस्थापन मा समस्या पर्दथियो।त्यो चौमासिक रुपमा तलबभत्ता दिईने सिस्टम टोडि मासिक रुपमा दिने व्यवस्था सुरुवात गरिएकोमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत,लेखा अधिकृत ,शिक्षा अधिकृतलाई धन्यवाद व्यक्त गर्न चाहन्छु।”

लुम्बिनी प्रदेश भरी नै कुनै पनि स्थानीय तहले अहिलेसम्म अनलाइन प्रणाली मार्फत सामुदायिक बिधालयका शिक्षक,बिधालय कर्मचारीलगाएतको मासिक तलब भुक्तानी दिएका छैन्न तर रोल्पाको दुर्गम गाउँपालिका भनेर चिन्निने सुनछहरी गाउँपालिकाले भने अनलाइन प्रणाली मार्फत मासिक तलब भुक्तानी दिन सुरु गर्ने लुम्बिनी प्रदेशमै पहिलो गाउँपालिका बनेको छ।

पालिका प्रेस
थप जानकारी