पालुङ बहुमुखी क्याम्पसले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । नसजकिँदै गरेको महान चाड विजया दशमी, दिपावली, नेपाल संवत र छठपर्वको अवसरमा ९ असोजमा क्याम्पसले कार्यक्रम आयोजना गरी शुभकामना आदानप्रदान गरेको हो ।

स्वतन्त्र विद्यार्थी युनियन पालुङ क्याम्पसका सभापति मुकेश गोलेको सभाध्यक्षमा सञ्चालित कार्यक्रममा विनिता गोपाली प्रथम, रुविना खत्री द्वितीय, मेनुका देउला तृतीय र मोनिका खत्रीले चौथो भइन् । कार्यक्रममा सभापति मुकेश गोलेले हाम्रा चाडपर्व हाम्रा सस्कृतिको त्यसको जगेर्ना गर्नुपर्ने बताए । उनले आफ्नो संस्कृती र परम्परा जोगाउन सबै उत्तिकै जिम्मेवार हुनुपर्ने बताए । उनले सम्पुर्ण विध्यार्थिहरुले हर्सोउल्लासकासाथ चाडपर्व मनाउदै आफ्नो पठनपाठनलाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।

निर्णायक मण्डलको तर्फबाट सहप्राध्यापक रामहरि अधिकारी र हरिकृष्ण कार्किले चाड पर्वको महत्व बताउँदै शुभकामना दिए । पालुङ क्याम्पसले यसअघि हरितालिका तिजको अवसरमा पनि नृत्य प्रतियोगिता गरेको थियो । क्याम्पसले वक्तृत्वकला तथा निबन्ध लेखन प्रतियोगिता जस्ता कार्यक्रमलाई प्राथमिकताका साथ संचालन गर्ने क्याम्पस प्रमुख राजन मिश्रले बताए । प्रमुख मिश्रले अतिरिक्त क्रियाकलापको साथै अध्ययन अध्ययापनलाई पनि उत्तिकै प्राथमिकतामा राखिएको बताए ।

पालिका प्रेस
थप जानकारी