मकवानपुरमा आउँदो मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि ३ लाख ७ सय ३३ मतदाता पुगेका छन् । गत स्थानीय तहको निर्वाचनमा २ लाख ९४ हजार ९ सय १९ जना मतदाता रहेको मकवानपुरमा ५ हजार ८ सय १४ हजारको संख्यामा मतदाता बढेका हुन् ।

मकवानपुरमा १ लाख ५३ हजार ५ सय २८ जना पुरुष, १ लाख ४७ हजार २ सय महिला तथा ५ जना अन्य समूहको मतदाता रहेको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ ।

मकवानपुरमा प्रतिनिधि तथा प्रदेशसभाको लागि १६७ वटा मतदान स्थल तथा ३६४ वटा मतदान केन्द्र रहेको कार्यालयका सूचना अधिकारी दिपेन्द्रराज बरालले बताए । बरालको अनुसार आगामी असोज १५ देखि २० गते भित्र दुईवटा प्रतिनिभिसभा क्षेत्र रहेको मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ ।

पालिका प्रेस
थप जानकारी