१५ औं विश्व रेविज दिवसको अवसरमा थाहा नगरपालिकाको पशु शाखाको आयोजनामा तीन दिन नगर भित्रका सामुदायिक कुकुर र घरपालुवा कुकुरहरुलाई रेविज विरुद्धको खो्प लगाएर मनाइएको छ ।
असोज ११ देखि १३ गतेसम्म कुकुरहरूलाई रेविज विरुद्धको खोप लगाउने क्रममा थाहा नगरपालिकाको दामन, सिमभन्ज्याङ, नयाँगाउँ, शिखरकोट, गोपालीगाउँ, थानाबजार, ओखरबजार, १ न वडाको कार्यालय, कुलगाउँ, कुन्छाल र बज्रवाराही क्षेत्रमा १ सय ३३ वटा कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाइएकोे पशु शाखाका रुपेश कुमार मिश्रले जानकारी दिए ।
यसैबीच बिहान थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, प्रशासन महाशाखा प्रमुख अजित घिमीरे, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, प्रशासन शाखा प्रमुख उमेश श्रेष्ठ, पशु शाखा प्रमुख राघबेन्द्र मिश्र, स्थानीय स्काउट संयोजक गणेशमान श्रेष्ठ, स्काउट ट्रपका भाइबहिनीहरुको उपस्थितिमा रेविज विरुद्धको खोप लगाउने कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
वडा कार्यालयले आआफ्नो वडामा रेविजको खोपको आवश्यकता माग गरे पशु प्राविधिकलाई वडा कार्यालयमा नै खटाइ कुकुरहरू लाई रेबिजको खोप लगाउन सकिने पशु शाखाका प्रमुख राघबेन्द्र मिश्रले बताए ।



















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्