बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र एमाले नेता सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ । मुख्यमन्त्री पाण्डे नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत हुन् ।
उनका आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा १३ असोज बिहान निधन भएको हो । मनमाया काठमाडौंको सितापाइलास्थित कान्छो छोरा दीपेन्द्र पाण्डेको घरमा बस्दै आएकी थिइन् । बिहान ४ बजे मुख्यमन्त्रीका आमाको निधन भएको मुख्यमन्त्रीका निजी सचिब अच्युत लामिछानेले जानकारी दिए । आमाको निधन भएसंगै मुख्यमन्त्री पाण्डेका सबै पूर्व निर्धारित कार्यक्रमहरु स्थगित भएको लामिछानेले बताए ।
मुख्यमन्त्री पाण्डे हेटौंडामा र एमाले नेता सुरेन्द्र पाण्डे चितवनमा थिए । मनमायाँको पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।



















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्