मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले बजार अनुगमन गरेको छ । पालिकाले चाडवाड लक्षित गरी बजार अनुगमन गरेको हो ।

गाउँपालिका उपाध्यक्ष उमा कुमारी लामाको नेतृत्वमा भएको अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत प्रल्हाद कार्की, २ नं. वडा अध्यक्ष सुमन श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख मन्नुनाथ अधिकारी, सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो । अनुगमनमा पसलबाट म्याद नाघेका खाद्य तथा पेय पदार्थ पाईएको छ । जफत गरिएका खाद्य बस्तु तथा पेय पदार्थ नष्ट गरिएको पालिकाले जनाएको छ ।

गाउँपालिकाले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकाहरुलाई कारबाही गर्ने गाउँपालिकाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी