मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ का सुर्य ढकाललाई खोलाले बगाएको छ । ससुराली गएका ढकाल घर फर्कने क्रममा धादिङको धाक्रे गाउँपालिका वडा नम्बर ३ स्थित निगालेखोलाले बगाएर बेपत्ता भएका हुन् ।
ढकाल र उनकी श्रीमती सुभद्रा पराजुली मोटरसाइकलमा घर फर्कँदै गर्दा खोलामा मोटरसाइकल तार्न लाग्दा ढकाललाई खोलाले बगाएको स्थानीयहरुले बताएकाछन् ।
उनको खोजी कार्य भैरहेको छ । मोटरसाइकल खोलामै रहेको छ ।


















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्