सत्तारुढ गठबन्धनभित्रको दल नेकपा माओवादी केन्द्रले मकवानपुरमा आफ्नो भागमा रहेको दुईवटा प्रदेशसभाको उम्मेदवारको टुंगो लगाएको छ ।

बागमती प्रदेश सभाका लागि माओवादी केन्द्रले मकवानपुर प्रदेशसभा १ (क) मा प्रेमबहादुर पुलामी छिन्तु र प्रदेशसभा २ (क) मा कुमारी मोक्तानलाई टिकट दिएको हो । टिकट पाएका दुवैजना नेताले २०७४ सालको चुनावमा यहि निर्वाचन क्षेत्रबाट जितेका थिए । माओवादी केन्द्रको पोलिटब्युरो सदस्य रहेकी मोक्तान बागमती प्रदेशको सामाजिक विकास मन्त्री समेत हुन् ।

पुलामी पार्टीको बागमती प्रदेश उपाध्यक्ष छन् । गठबन्धन दलहरुबीचको सहमति अनुसार माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने निर्वाचनमा यहि दुई वटा प्रदेशसभामा मात्र उम्मेद्वारी दिने सहमति बनिसकेको छ । गठबन्धन भित्र रहेको दल नेपाली कांग्रेसले भने अझैसम्म आफ्नो भागमा परेको क्षेत्रको उम्मेदवारको नाम सार्वजनिक गरेको छैन ।

नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ मकवानपुर १ र प्रदेशसभातर्फ मकवानपुर १ (ख) र २ (ख)मा उम्मेद्वारी दिने गठबन्धन दलभित्र सहमति बनिसकेको छ ।

पालिका प्रेस
थप जानकारी