मकवानपुर जिल्लाको प्रतिनिधी सभा र प्रदेशसभाको निर्वाचन क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट उम्मेदवारी दर्ता गरिएको छ । एमालेबाट सबैजसो नयाँ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधीसभा र प्रदेशसभाका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् । एमालेले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा एमालेका तर्फबाट राप्रपा नेपालका अध्यक्ष कमल थापाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी प्रतिनिधी सभा क्षेत्र नम्बर–२ मा एमाले बागमती प्रदेशका उपसचिब तथा प्रचार विभागका प्रमुख महेश कुमार बतौलाले उम्मेदवारी दर्ता गराए ।

यसैगरी क्षेत्र नम्बर–१ को (क) मा एमालेका बागमती प्रदेश सदस्य कमल बहादुर विष्ट र (ख) मा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी प्रतिनिधीसभा क्षेत्र नम्बर–२ को (क) मा बिष्णु ढुकाल र (ख) मा लालबहादुर थापाले उम्मेदवारी दर्ता गराए । दलबल सहित एमालेले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिएको हो ।

पालिका प्रेस
थप जानकारी