नेपाली काँग्रेस मकवानपुर क्षेत्र न २ (क )का प्रत्यासी सभापति तथा पूर्व क्षेत्रिय सभापती सुजन गोपालीले पार्टी परित्याग गरेका छन् । पार्टी परित्यागसंगै काँग्रेस विपिमा आबद्ध भएको बताएका छन।
उनले सामाजिक संजाल फेसबुकमा लेख्दै पार्टी परित्याग गरेको जनाएका छन् । गोपालीले नेपाली काँग्रेसमा विचार र सिद्धान्तको राजनीति समाप्त भएकोले आफुले काँग्रेस पार्टी परित्याग गरेको प्रतिक्रिया दिए । नेपाली काँग्रेस पार्टीमा वि.सं. २०७० सालमा थाहा नगरपालिका वडा नम्बर ३ को वडा सभापतिको हैसियतमा पार्टी प्रवेश गरेका गोपाली १३ औ महाधिवेशनबाट क्षेत्रीय सदस्य सदस्य निर्वाचित भएका थिए । उनी क्रमशः क्षेत्रीय उपसभापति हुँदै सभापति बनेका हुन् ।

गोपाली बिपि काँग्रेसमा प्रवेश पाएसंगै गोपालीले बिपि काँग्रेसको जिल्ला सचिव तथा मकवानपुर क्षेत्र न २ को निर्वाचन परिचालन कमिटीको संयोजकको जिम्मेवारी पाएका छन । प्रदेश २ (क) को समानुपातिक तर्फ उमेदवार बनेका छन् । समानुपातिक तर्फ पर्न सफल भएसंगै गोपालीले करुवा चिन्हमा मतदान गर्न आग्रह गरेका छन ।













































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्