नेपाल कम्युनिस्ट पार्टी एमाले मकवानपुरले जनवर्गीय संगठनसंगको अन्तरक्रिया भएको छ । कार्यक्रममा जनबर्गीय सङ्गठनका केन्द्रिय कमिटी र प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरु, प्रदेश कमिटीका सदस्यहरु जिल्लाका अध्यक्ष र सचीवहरु सहभागी रहेका थिए । सत्ता गठबन्धनसंग प्रतिस्पर्धा गर्नुपर्ने भएकोले निर्वाचनलाई स्वच्छ बनाउन एमाले चनाखो रहनुपर्नेमा कार्यक्रममा सहभागीहरुले जोड दिएका छन ।

नेकपा एमालेका केन्द्रिय सदस्य एबम जिल्ला सह इन्चार्ज जुनेली श्रेष्ठले कार्यक्रम प्राप्त गरेका सल्लाह सुझाव अनुसार पार्टीको रणनीति हुने बताए । निर्वाचनमा सबैले आ आफ्नो भुमिकालाई कायम राख्नुपर्ने बताए । नेकपा एमालेका मकवानपुर क्षेत्र नम्बर २ का उमेदवार महेश बर्तौलाले निर्वाचनमा एक्लै भन्दा पनि पार्टीका सबै तह सक्रिय हुनुपर्ने बताए । यो निर्वाचनमा गठबन्धन परास्त हुने उहाँले बिश्वास व्यक्त गरे ।

मकवानपुर क्षेत्र नम्बर १ का उमेदवार कमल थापाले सूर्य चिन्हमा निर्वाचन लड्न पाउनु सौभाग्य भएको बताए । एमालेसंग बिगतमा पनि सहकार्य भएको स्मरण गर्दै आगामी दिनमा पनि जारी रहने उनको भनाई थियो । जिल्ला अध्यक्ष एबम मकवानपुर क्षेत्र नम्बर १ ख का उमेदवार एकालाल श्रेष्ठले बिजयी प्राप्त गर्ने तयारी गरेर अगाडि बढेको बताए । सबै तहले आ आफ्नो जिम्मेवारी महसुस गरेर सबै तहमा खटिन निर्देशन दिए । निर्वाचन परिचालन कमिटीका संयोजक अनन्त पौडेलले जनबर्गीय संगठननबाट आएका सुझावका आधारमा जनता माझ जाने बताए ।

पालिका प्रेस
थप जानकारी