मकवानपुरमा उमेद्वारी दर्ता गराएका सबै ६९ जनाको विरुद्धमा उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आगामि ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको लागि २३ असोजमा मनोनयन दर्ता गराएका उम्मेदवारमाथि उजुरी नपरेको हो ।

निर्वाचन आयोगको निर्वाचन तालिका अनुसार २४ असोजमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिने समय तोकेको थियो । तोकिएको समयावधि भित्र कुनैपनि उम्मेदवारमाथि उजुरी नपरेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।
मकवानपुरका दुई प्रतिनिधिसभा क्षेत्र र चार प्रदेशसभा क्षेत्र गरी छ वटा क्षेत्र रहेको छ ।

प्रतिनिधिसभा सदस्य पदमा मकवानपुर क्षेत्र नम्बर १ बाट दुई स्वतन्त्रसहित १६ र क्षेत्र नम्बर २ बाट एक स्वतन्त्रसहित १० गरी २६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । प्रदेशसभा सदस्य पदमा मकवापुर क्षेत्र नम्बर १ (क) मा आठ, १ (ख) मा १० र क्षेत्र नम्बर २ (क) मा १० र २ (ख) मा १५ गरी ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

पालिका प्रेस
थप जानकारी