ग्लोबल आइएमइ क्यापिटल लिमिटेडल सेयर शिक्षा दिएको छ । सेयर बजारमा लगानी गर्न इच्छुकहरुको लागि थाहा नगरपालिकाको जनकल्याण माविका व्यवस्थापन संकायमा अध्यनरत विद्यार्थी तथा शिक्षकहरुलाई लगानी व्यवस्थापनको विषयमा अनुशिक्षण दिइएको हो । कार्यक्रममा विज्ञहरु मार्फत सेयर बजारको आधारभूत तथा प्राविधिक जानकारी गराइएको हो ।
सेयर बजारको प्राविधिक विश्लेषण गरेर उचित सेयर छनौट गरी उचित समयमा खरिद बिक्री गरेर विविधीकरण मार्फत जोखिम न्यूनीकरण गर्दै मुनाफा प्रदान कसरी गर्ने भन्ने जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरियको ग्लोबल आइएमइ क्यापिटल लिमिटेडका वरिष्ठ अधिकृत छविलाल पौडेलले बताए । कार्यक्रममा विद्यार्थीहरुलाई पढ्दै, कमाउदै गर्ने माध्यम बनोस भनेर आइपिओ र सेयर सम्बन्धी आधारभुत जानकारी दिइएको पौडेलले सुनाए ।
कार्यक्रमलाई ग्लोबल आइएमइ क्यापिटल लिमिटेडका डेपुटी प्रमुख कार्यकारी अधिकृत पराग विष्टले सहजीकरण गरेका थिए ।













































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्