मकवानपुर क्षेत्र नम्बर २ (क) प्रदेश सभा सदस्यका उमेदवार बिष्णु प्रसाद ढकालले आफू निर्वाचित भए सिङ्गो भूगोलका जनता निर्वाचित हुने बताउनु भएको छ । नेकपा एमाले थाहा नगरपालिका २ नम्बर वडा कमिटीको आयोजनामा भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उमेदवार ढकालले आफू सम्बन्धित भूगोलकै भएको हुँदा यहाँको विकासमा प्रत्यक्ष भूमिका रहने बताएका हुन् ।
ढकालले २०५० सालको बाढीपहिरोले थाहानगर आसपासका क्षेत्रमा पु¥याएको क्षतिको मूल्यांकन हालसम्म नभएकोमा दुःख व्यक्त गर्दै आफू प्रदेश सभा सदस्य भएपछि सूक्ष्म ढंगले काम गर्ने प्रतिवद्धता जनाए । ढकालले भने,–‘म जित्नु भनेको तपाईंहरु जित्नु हो, म कुनै पनि गुनासो आउन दिने छैन ।’
कार्यक्रममा एमाले पर्यटन विभाग बागमती प्रदेश कमिटीका सदस्य बिमलकुमार ढकाल, नगर अध्यक्ष अचुतम प्रसाद ढकाललगायतको उपस्थिति थियो । कार्यक्रममा सहभागीहरुसंग अन्तर्कृयात्मक छलफल समेत भएको थियो ।


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्