सिटिजन लाईफ इन्स्योरेन्सको पाँचौं वार्षिक उत्सवको अवसरमा मकवानपुर थाहानगरको बज्रवाराहीमा रक्तदान कार्यक्रम भएको छ । इन्स्योरेन्स कम्पनीले ४ कात्तिकमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
रक्तदान कार्यक्रममा कम्पनीको तर्फबाट लिना श्रेष्ठ, सुशीला ढकाल, रचना पौडेल, निर्मला गिरी सीता पोख्रेल र जागेन्द्र गिरीको टोली खटिएका थिए । कार्यक्रममा ८७ जनाले रक्तदान गरेका थिए । वडा नम्बर ६ को कार्यालयको प्राङ्गणमा भएको कार्यक्रमका लागि एजेन्सी मेनेजर राजु नेपालले सहयोग गरेका थिए भने एजेन्सी मेनेजर श्याम गोपाल श्रेष्ठको संयोजकत्वमा भएको बज्रवाराही शाखा प्रमुख रामकाजी महर्जनले जानकारी दिए ।
कार्यक्रलाई सफल रुपमा संचालन गरेकोमा थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी कार्यालयलाई प्रशंसा पत्र दिइएको छ ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्